खोलामा बगेर बेपत्ता भएका एकै घरका तीनसहित चार जना अझै  भेटिएनन्


असोज २२, २०८२, बुधबार | राति ०९:५६ बजे | 165


खोलामा बगेर बेपत्ता भएका एकै घरका तीनसहित चार जना अझै  भेटिएनन्

लाङटाङ घुम्न गएका क्रममा बाढी आएको खोलामा बगेर बेपत्ता भएका एकै घरका तीनसहित चार जना अझै  भेटिएका छैनन्। भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीय स्थल लाङटाङ जाँदै गरेका उनीहरू वेरिङखोलामा  शनिबार बेपत्ता भएका हुन्।

उनीहरूको पाँच दिन बितिसक्दासमेत वास्तविकता पत्ता लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। उनीहरूको दैनिक रूपमा खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।

प्रजिअ पन्थीका अनुसार लाङटाङ घुम्न गएका बेला बाढीमा परेर भक्तपुर सुर्यविनायक नगरपालिका–४ की २३ वर्षिया संकृति श्रेष्ठ, सोही स्थानका २१ वर्षिय किशन श्रेष्ठ, २६ वर्षिया सनीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ शनिवारदेखि बेपत्ता रहेका छन्। उनीहरूको खोजीमा दैनिक रूपमा ४० जना सुरक्षाकर्मी परिचालित भएको उनले बताए। खोजीमा नेपाली सेना, नेपाल प्रहरी र शस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रजिअ पन्थीले बताए। 

Comments

ताजा खबर