चार छोरीहरुले निकाले स्वर्गीय बुबाआमाको स्मृतिग्रन्थ


असोज २२, २०८२, बुधबार | राति ०९:३३ बजे | 500


चार छोरीहरुले निकाले स्वर्गीय बुबाआमाको स्मृतिग्रन्थ

काठमाडौं । चार छोरीहरुले आफना स्वर्गीय आमाबुबाको सम्झनामा एउटा ग्रन्थ प्रकाशित गरी बुधबार राजधानीमा सार्वजनिक गरेका छन् । माता दुर्गा र पिता उपेन्द्र पोखरेलको सम्झनामा भव्य समारोहवीच दुर्गा—उपेन्द्र स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । 
त्रिभुबन विश्वविद्यालय कीर्तिपुरको मानविकी संकायका डिन दुबीनन्द ढकालले स्मृतिग्रन्थको सार्वजनिक गरेका हुन् । कार्यक्रममा पूर्व राजदूत राजेश्वर आचार्य, प्राध्यापक डाक्टर राजकुमार पोखरेललगायतले बालेका थिए । कार्यक्रम स्वर्गीय उपेन्द्रका कान्छो भाइ नरेन्द्रप्रसादको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन छोरी तनुजा पोखरेलले गरेकी थिइन् । 
 

Comments