भक्तपुरमा आजदेखि बृद्ध भता वितरण हुने 


असोज २२, २०८२, बुधबार | विहान ०८:०१ बजे | 95


भक्तपुरमा आजदेखि बृद्ध भता वितरण हुने 

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा आज बुधबारदेखि बृद्ध भता वितरण सुरु हुने भएको छ । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी असोज २२ गतेदेखि २४ गतेसम्म विभिन्न वडा कार्यालयहरु तथा  बैंकहरुमार्फत् भता वितरण हुने कार्यतालिका सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा अन्तर्गत चालू आर्थिक वर्षको प्रथम तीन महिनाको भता वितरण हुने भएको हो । बैंकमा जम्मा भइसकेको भता वितरण गर्ने भएको हो । भता लिन नआए बैंकको खातामा रहिरहने छ । 

Comments