राष्टपति भक्तपुर आउने आजको कार्यक्रम स्थगित


असोज २१, २०८२, मङ्गलबार | दिउँसो ०३:२९ बजे | 1765


राष्टपति भक्तपुर आउने आजको कार्यक्रम स्थगित

भक्तपुर । इतिहासमै पहिलो पटक यो वर्ष राष्टपति भक्तपुर नआउने भएको छ । गछेंस्थित नवदुर्गा दर्शनका लागि आज हुने सवारी स्थगित भएको जनाइएको हो । राष्टपति आजको दिन भक्तपुर नआएको यो पहिलो हो । यसअघि राष्टपति रामचन्द्र पौडेल नियमित रुपमा वर्षैपिच्छे मन्दिर दर्शनका लागि आउने गर्दथ्यो । यसअघि पहिलो गणतान्त्रिक राष्टपति विद्यादेवी भण्डारी पनि दुवै कार्यकालमा प्रत्येक वर्ष आउने गर्दथ्यो । साथै राष्टपति अघि राजा आउने गर्दथ्यो । 
आज मंगलबार राष्टपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिरमा दर्शनका लागि नआउने भएको छ । यो वर्ष शान्ति सुरक्षाका कारण नआउने नवदुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । काठमाडौंमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै आन्दोलन चलेकोले सुरक्षाका कारण देखाई नआउने खवर पाएको व्यवस्थापन समितिले जनाएको छ । यसअघि त्यहाँं विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि नेपाली सेनाको गाडीसहित एक टुकडी बसेको थियो ।
प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा मन्दिरमा राष्टपति सवारी हुने प्रचलन छ । प्रत्येक वर्ष दसैका अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन (यो वर्ष आज) राष्टपति यहाँं दर्शनका लागि आउने प्रचलन छ ।
राष्टपति नआउने भएपछि राष्टपति कार्यालयका सचिव आउने बताइएको छ । यसअघि राष्टपति आउने कार्यक्रम तालिका रहेकाले विहानैदेखि सरसफाईको काम गरिएको थियो । त्यहाँं भक्तपुर नगरपालिकाले पानी ट्यांकीमा पानी ल्याई पानी छर्केर सवैठाउँ. सफा गर्दै थियो । मन्दिर भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायक नजिकै पर्दछ । 
तस्वीर विहानदेखि राष्टपति आउने कार्यक्रम तालिका रहेकाले सफाई गरिदै गर्दाको अवस्थाको हो । 

Comments