लाङटाङमा ट्रेकिङ जाँदा बाढी-पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याए


असोज २१, २०८२, मङ्गलबार | दिउँसो १२:१४ बजे | 320


लाङटाङमा ट्रेकिङ जाँदा बाढी-पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याए

लाङटाङमा ट्रेकिङ जाँदा बाढी-पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ। सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो। उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए, जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ।

सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ। पाँच वटा स्थानमा खोजी भइरहेको छ। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो। बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० बस्ने रवि श्रेष्ठ छन्।

Comments