राष्ट्रिय युवा खबरदारी समूह गठन : सरकारको जवाफदेहिताका लागि युवाहरूको सशक्त एकता


असोज २०, २०८२, सोमबार | राति ०८:३७ बजे | 465


राष्ट्रिय युवा खबरदारी समूह गठन : सरकारको जवाफदेहिताका लागि युवाहरूको सशक्त एकता

 

काठमाडौंअसोज २०

देशमा सुशासनपारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नका लागि विभिन्न क्षेत्रका बौद्धिक युवाहरूको सहभागितामा राष्ट्रिय युवा खबरदारी समूह (National Youth Vigilance Group)” गठन गरिएको छ। सरकारका नीतिगत र कार्यगत क्रियाकलापहरूलाई नजिकबाट निगरानी गर्नेसमसामयिक विषयहरूमा तार्किक छलफल गरी समाधान खोज्ने तथा देशमा आइपर्ने विपत्तिहरूमा सक्रिय सहयोग पुर्‍याउने उद्देश्य समूहले लिएको छ।

यस समूहमा शैलेन्द्र कुमार ठाकुरइन्जिनियर शिवांग दत्तमन्दीप कुमार लाभमहेश यादवनिरज सिंहब्राजित कर्णशिल्पी गुप्तागुड्डी यादवरवि झासुजाता प्रसाद यादव र नितेश केशरीलगायत देशका विभिन्न क्षेत्रका युवाहरूको प्रतिनिधित्व रहेको छ। समितिको प्रवक्ताको जिम्मेवारी इन्जिनियर शिवांग दत्तलाई प्रदान गरिएको छ।

प्रवक्ता दत्तका अनुसार, “यो समिति ले विभाजन भएका जेन-जीहरूलाई समेत एक ठाउँमा ल्याउन समन्वयकारी भूमिका खेल्ने प्रयास गर्नेछ। सरकारसँग निरन्तर सम्पर्कमा रहीसरकारका कामकारवाहीहरूमा सहयोग र ध्यानाकर्षण गराउनेछ। साथैजनता र सरकारबीचको पहुँच सहज र प्रभावकारी बनाउन समूहले पुलको भूमिका खेल्नेछ,” उनले भने।

समूहले हालै सम्पन्न जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारसँग सहकार्य गर्दै विभिन्न मन्त्रालयहरूको कार्यान्वयन प्रभावकारिता र जवाफदेहितामाथि ध्यान केन्द्रित गर्ने तयारी गरेको छ। यसका साथैआगामी निर्वाचन प्रक्रिया निष्पक्षपारदर्शी र समावेशी बनाउने सन्देशसमेत समूहले दिएको छ।

राष्ट्रिय युवा खबरदारी समूहले देशभरका युवाहरूलाई एकताबद्ध गर्दै जिम्मेवार नागरिकका रूपमा सचेतपारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा सक्रिय योगदान पुर्‍याउने प्रतिवद्धता जनाएको छ।

Comments