दशैं कविता उत्सव २०८२ सम्पन्न


असोज २०, २०८२, सोमबार | विहान ०८:५५ बजे | 265


दशैं कविता उत्सव २०८२ सम्पन्न

मनसूनको अप्रत्याशित प्रकोपले मुलुक आत्तिएको वर्तमान परस्थितिमा वि.सं. २०८२ को बडा दशैंको शुभ अवसरमा “दशैं कविता उत्सव २०८२” कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारको उपस्थितिमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र ज्योति साहित्य प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रम नयाँबानेश्वर काठमाडौं स्थित स्यान्को कट्टी रोल क्याफे एण्ड रेस्टुरेन्ट मा सम्पन्न भयो। कार्यक्रमको बिनेसाम नेपाल र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सभापतित्व गर्नुभएको थियो भने प्रमुख अतिथि साकारले शुभकामना मन्तव्यका साथै उपस्थित साहित्यकारहरूलाई कविता वाचन गर्नु भएर कार्यक्रमको गरिमा बढाउनु भएकोमा सम्मान पत्र प्रदान गर्नुभएको थियो। उक्त अवसरमा सभापति र प्रमुख अतिथिले सबैलाई बडा दशैंको टीका लगाई दिएर शुभकामना व्यक्त गर्नु भयो। प्रमुख अतिथि शैलेन्द्र साकार तथा सभापति मणिराज सिंह, योगाज राजन, केदार प्रसाद मैनाली, रश्मि रिमाल, सुनिता अधिकारी, र जाँयस जयाले आफ्ना उत्कृष्ट कविता तथा रचना वाचन गर्नुभएको थियो। उद्घोषण कवि सुनिता अधिकारीले गरेकी कार्यक्रमले अप्रत्याशित वर्षातले मुलुक अक्रान्त भएको माहौलमा नेपाली साहित्य क्षेत्रमा उत्सवको माहोल सिर्जना गर्दै कविहरूबिच आपसी सम्बन्ध सुदृढ पार्न तथा सहजता थपेको सहभागीहरूले बताएका छन्। अब बिस्तारै साहित्यका साथै सम्पूर्ण जनमानस राम्रो वातावरण तर्फ उन्मुख हुँदै गएको आभास पाइन थालेको अनुभूति भयो।

Comments