कविता रोकिन्छ र ?


असोज २०, २०८२, सोमबार | विहान ०८:५२ बजे | 205


कविता रोकिन्छ र ?

आर.के. विद्रोही
कविता वाचनको आशा देखायो,
तर जसरी
चुनावमा दलले 
आशा देखायो 
तर पुरा गरेन
देश नै भ्रष्ट बनायो,
बेलुनमा हावाको सीमा नाध्यो
त्यसैले जेन्जी जन्म्यो,
देशमा आगो बल्यो,
बेलुन फुट्यो ।

विरातबाट तःमुज्या कसरी जन्मियो ?
इतिहास सुनेको थिए ।
तर दोहरियो फरक ढंगले
फरक यति मात्र देखियो ।
आज व्यक्तिसंग प्रतिशोध साँधियो,
विचारलाई वेवास्ता गर्यो,
जनपक्षिय छ छैन् हेरेन्,
कवितालाई कविको विज्ञापन सम्झ्यो ।

कविता ओकल्न लाग्यो —
मौनताले भित्तामा टेकेर हे¥यो,
घडी रोकियो, माइक मूक बनाइयो ।
म भनें —
“प्रतिशोध होइन,
सत्यको स्वर लेख्दैछु ।”
तर उनीहरू धरमरायो —
किनकि सत्य कहिल्यै डगमगाउँदैन ।

कविता मञ्चमा पुग्नुअघि नै
कविलाई तौलियो,
साहित्य संयोजकलाई पटक पटक सोधें —
“यो अनुमति छ कि छैन ?”
कस्तो विडम्बना !
अन्तिममा नसक्ने क्षमा माग्यो ! 
किनकी
भाषणको समय चाहियो रे ।

तर कवि रोकिएपनि
कवितालाई कसरी रोकिन्छ र ?
कवि मौन भइसके पनि,
अक्षरहरू भित्ताबाट चिच्याइरहन्छ,
कागजका छेउमा मसी बलिरहन्छ,
र कलम —
अझ तीव्र भएर बिस्तारै बगिरहन्छ ।

प्रतिशोध साटेर कवितालाई रोकिन्छन् भन्थे,
तर कविताले त आगो साटेर उज्यालो छर्छ ।
जसरी नदीको बाटो रोके पनि
अन्ततः समुद्र फेला पार्छ,
त्यसरी नै कविता —
सधैं सत्यको आवाज उठाइ रहन्छ ।

धन्यवाद !


 

Comments