मेरो देश नेपाल


असोज १९, २०८२, आइतबार | साँझ ०५:४५ बजे | 120


मेरो देश नेपाल

हिमाल, पहाड अनि तराईले बनेको यो मेरो देश,
झरना, नदी अनि खोला बग्ने यो मेरो  देश ,
हरिया वनजङ्गल अनि प्राकृतिक सम्पदाले भरिएको यो मेरो देश  
विभिन्न जातजाति, धर्म अनि संस्कृतिले सजिएको यो मेरो देश,
अनेकतामा पनि एकताले बाँधिएको यो मेरो देश,
अनगिनत थरिका फल र फूलले सजिएको यो मेरो देश,
हजारौँ किसिमका जलचर र जैविक विधितताले भरिएको यो मेरो देश,
सरानीय सीप, कला अनि मेहनतले कोरिएको यो मेरो देश,
साहस, मेहनत अनि इमान्दारिताले अर्जिएको यो मेरो देश, 
सगरमाथा, लुम्बिनी अनि पशुपतिनाथ जस्ता विश्व सम्पदाले भरिएको यो मेरो देश, 
विश्वसामु वीरता इमान्दारिता र पौरखीको उदाहरण बनेको यो मेरो देश, 
आज आएर कुनै स्वार्थी, अपराधी अनि कपटीको हातको खेलौना नबनोस् यो मेरो देश , 
आफ्नो शक्तिको दुरुपयोग गर्ने, रडाको मचाउने अनि थिचोमिचो गर्नेको अखडा नबनोस् यो मेरो देश,
हामी सबैको चाहना छ सधैं अमर अटल अनि स्वतन्त्र रहोस् यो मेरो देश,
हामी सबैको चाहना छ सधैं अमर अटल अनि स्वतन्त्र रहोस् यो मेरो देश,

Comments