लाङटाङमा बेपता हुनेहरु तीनै जना सूर्यविनायकका एउटै परिवारका
असोज १९, २०८२, आइतबार | दिउँसो ०२:५४ बजे | 1010
भक्तपुर । लाङटाङ घुम्न गई बेपता भएका तीन जना युवायुवतीहरु मध्यपुर थिमिका नभई सूर्यविनायक नगरपालिका क्षेत्रका रहेको खुलेको छ । उनीहरु तीनै जना एउटै परिवारका रहेको पनि खुलेको छ । उनीहरु सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका रहेको पाइएको हो ।
उनीहरु १६ जनाको समूहमा असोज १७ गते शुक्रबार भक्तपुरबाट काठमाण्डौ हुदै लाङटाङ घुम्न गएका थिए । उनीहरु गोसाइँकुण्ड गाउपालिका वडा नं ०५ ब्याम्बोस्थित होटलमा बास बसी भोलिपल्ट १८ गते शनिबार सोही होटलबाट लाङटाङतर्फ गएका थिए । सोही क्रममा अन्दाजी ६ बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गाउँंपालिका वडा नं.०४ बेरिङ खोल्साले उनीहरु चार जनालाई बगाएको थियो ।
कुल ४ जना मानिसहरुलाई बाढी आई बगाई बेपत्ता भएकोमध्ये तीन जना एउटै घरको खुलेको हो । एउटै घरका परेकाहरुमा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटकी सनिता श्रेष्ठ वर्ष २६, संस्कृति श्रेष्ठ वर्ष २२ र किशन श्रेष्ठ वर्ष २० रहेको परिवारले जनाएको छ । उनीहरुको साथमा भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक वस्ने वर्ष २३ को रवि श्रेष्ठ पनि बेपता भएका थिए ।
घटना विवरण अनुसार उनीहरु १६ जनामा पनि दुई समूह गरी छुटाछुटै समूहमा रहेका थिए । हिडनसक्ने १४ जनाको समूह अगाडि नै उक्त खोला तरेर माथि पुगिसकेका थिए । हिड्न विस्तार गर्ने चार जना उक्त खोला तर्ने क्रममा बगाएको थियो ।
परिवारका काका पर्ने केशब श्रेष्ठका अनुसार पछिल्लो समूहमा रहेका चार जनामध्ये सुरुमा सवैभन्दा ठूली वर्ष २६ कि सनितालाई बगाउन लागेको थियो । त्यसपछि उसलालई बचाउन बहिनी वर्ष २२ कि संस्कृति पुगेकी थिइन् । उनीहरु दुवैजना अप्ठेरामा परेपछि बचाउन सानो भाइ वर्ष २० का किशन पुगेका थिए । साथै अर्काे साथी वर्ष २० कै रवि पनि बचाउन पुगेका थिए । तर उनीहरु सवैजनालाई एकले अर्काेलाई सहयोग गर्न नसकी सवैजनालाई बगाएको थियो ।
रसुवाबाट प्राप्त जानकारी । पुस्टि हुन बाँकी छ, थप जानकारी लिने प्रयास जारी छ ।
छिमेक हरिवहादुर श्रेष्ठले आइतबार दिउँसोसम्म परिवारका कोही पनि सदस्य घटनास्थलतर्फ नगएको जानकारी गराए । बाँंकी १४ जना भने सुरक्षित रहेको खवर पनि आफूलाई आएको उनले जनाए । त्यहाँंका प्रमुख जिल्ला अधिकारीले नै यहाँं आएर केही काम छैन, आउनुपर्दैन भन्नुभएको छ, उनले भने, त्यही कारण के गर्ने भनेर हामी घटनास्थल गइरहेका छैनौं ।
सूर्यविनायक नगरपालिका ४ दधिकोट घर भएका उनीहरुको मुल थलो भने रामेछापको दोरम्वा नगरपालिका वडा नं ७ शैलुग निवासी हुन् । उनीहरु बुबाआमा, पाँंच छोरी र एक छोरा गरी कुल आठ जनाको परिवार रहेका थिए । उनीहरुमध्ये ठूली तीन छोरीको विवाह भइसकेकाले उनीहरु पाँंच जनाको परिवारमा रहेका थिए । उनीहरुमध्ये पनि काइली सनिता दुवईबाट दसै मनाउन असोज १० गते घर आएका थिए । घटनामा परेका वर्ष २० का किशन घरकी एक्लो छोरा थियो । घटनापछि घरमा दुई वुढाबुढी मात्रै अहिले बाँंकी रहेका छन् ।
