साँगाको बाटो एकतर्फी खुल्ने क्रममा
असोज १९, २०८२, आइतबार | विहान ११:२९ बजे | 80
साँंगा । हिजोदेखि वन्द भएको साँंगाको बाटो एकतर्फी रुपमा भए पनि खुल्ने क्रममा पुगेको छ । विहानसम्म पूरै वन्द भएको उक्त खण्डमा दिउँंसोदेखि एकतर्फी रुपमा भए पनि बाटो खुल्ने भएको हो ।
पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । त्यसपछि विहान सवेरैदेखि एउटा डोजरले पहिरो पन्छिने कार्य भएको थियो । दिउँंसोसम्म एकतर्फी भए पनि बाटो खुल्छ, त्यहाँं कार्यरत सुरक्षाकर्मीहरुले भने ।
