अविरल वर्षाले हनुमानचामा विजोगः सरोकारवालाको ध्यानाकर्षण होस्


असोज १९, २०८२, आइतबार | विहान ०८:१५ बजे | 440


अविरल वर्षाले हनुमानचामा विजोगः सरोकारवालाको ध्यानाकर्षण होस्

भक्तपुर । अविरल वर्षाले भक्तपुरको थुसाचा हनुमानचा क्षेत्रमा समस्या परेको छ । खोलामा आएको बाढीले खोला छेउको माटो कटान गरेको छ । यसले खोला छेउको रुख ढलको छ । ढलेको रुख तारमा लागेको छ । यही कारण त्यस क्षेत्रमा बती पनि गएको छ । 
ढलेको रुख निकाल्न पायो भने तार मिलेर लोडसेडिंग नहुने थियो, स्थानीयले भने, त्यसकारण यस विषयमा हामी सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छौं । यो क्षेत्र भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा पर्दछ । यो क्षेत्र भक्तपुर नगरपालिका वडा नं ८ जगाती लिवालीसँंग पनि जोडिएको छ । 
समस्याग्रस्त यो बाटो जगाती थुसाचा हुँंदै इथुली जाने बाटो हो । यो बाटो महेश्वरी बैक्वेट हुँंदै इथुली जाने बाटो हो । यही बाटोबाट माथि ताथली पुगिन्छ ।  
 

Comments