४५ औं नेपाल भाषा साहित्य तःमुंज्याको प्रचारार्थ सुकुन्दा ¥याली
असोज १७, २०८२, शुक्रबार | साँझ ०५:३० बजे | 360
भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा साँस्कृतिक ब्वज्या आयोजक समितिको आयोजनामा आज भक्तपुरमा सुकुन्दा ¥याली सम्पन्न भयो । सुकुन्दा ¥यालीमा नेपाल भाषा साहित्य तःमुंज्या मुल समितिका सदस्यहरु, ४५ औ तःमुज्या आयोजक समितिका सदस्यहरु, स्थानिय महिला दिदीबहिनी दाजुभाइको उल्लेखनीय सहभागिता रहयो ।
सुकुन्दा ¥यालीलाई ख्वप साकोसको धां बाजा, लोकेश्वर साकोसको बाँसुरी बाजा र धां बाजा र भिन्तुना साकोसको बाँसुरी बाजाले मनमोहक बनाएको थियो । ¥याली शुरु हुनु अघि ४५ औ नेपाल भाषा साहित्य तःमुंज्या तथा सांकृतिक ब्वज्या आयोजक समितिका संयोजक रविन्द्र खर्वुजाले नेपाल भाषा साहित्य तःमुंज्या असोज १८ र १९ गते इताछेंस्थित नपुखु क्षेत्रमा हुने भएकोले सम्पूर्ण महानुभावहरुलाई सहभागिताका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य मञ्जु लाखाले सुकुन्दा ¥यालीमा सहभागि हुन सम्पर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्नुभयो । सुकुन्दा ¥याली नपुखु इताछें ,दरवार स्क्वायर ,चोछें, भोलाछें, महालक्ष्मीस्थान, सकोलान , दत्तात्रय गोल्मढी , साकोथा , टौमढी, नासमना, वंशगोपाल ,इताछें हुदै नपुखुमा पुगेर सम्पन्न भएको थियो ।
