४५औ त:मुंज्याको प्रचार आर्थिक संकलन सम्पन्न


असोज १६, २०८२, बिहीबार | साँझ ०४:०६ बजे | 270


४५औ त:मुंज्याको प्रचार आर्थिक संकलन सम्पन्न

४५ औ नेपाल भाषा त:मुंज्या  ग्वासाखलको आयोजनामा  त:मुंज्याको प्रचार तथा आर्थिक संकलन कार्य   बिजया दशमिको प्रमुख मेलास्थल ब्रम्हायणीमा  सम्पन्न भयो | कार्यक्रममा नेपाल भाषा साहित्य त:मुंज्या ग्वसाखल संयोजक रबिन्द्र खर्बुजाले त:मुंज्या  कामदार बर्गिय साहित्यिक दबु भएकोले मजदुर किसानले सहभागीता जनाउन आबश्यक छ भन्नू भयो | उपाध्यक्ष  श्याम मातांले  जनाता म्वासा भाषा म्वाइ भन्ने मुलावनारा लिइ यस बर्ष  इताछे न:पुखमा त:मुंज्या हुन गैरहेकोले सहभागिताललागी अनुरोध गत्नु भयो | ४५औं त:मुंज्या आयोजक समिती सचिब राजन जातिले त:मुंज्या भब्य रुपमा सम्पन्न गर्न मंच  बनाउने  र सभास्थल ब्यबस्थापन  कार्य भैरहेको बताउनु भयो |कार्यक्रममा प्रचार समिती संयोजक राजकुमार लघुले ४५ औ त:मुंज्यामा न्यायप्रेमी जनताको सहभाहिताका लागि अपिल गर्नु भयो | कार्यक्रममा लक्ष्मी भक्त दुवालले अर्थिक सहयोगका लागि अपिल गर्नु भयो | 

Comments