रक्सीलाई पूर्णरूपमा प्रतिबन्ध लगाउन माग 


असोज १६, २०८२, बिहीबार | दिउँसो १२:३३ बजे | 250


रक्सीलाई पूर्णरूपमा प्रतिबन्ध लगाउन माग 

काठमाडौं । देबघाट विकास केन्द्र नेपाल केन्द्रिय कार्यालय चितवनले नेपाल राष्ट्रमा मद्यपान रक्सीलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने नीति अवलम्बन गर्न माग राखेको छ । समृद्ध नेपाल निर्माणका लागि र लोककल्याणकारी शासन (धर्मराज्य) व्यवस्थाको लागि नेपाल सरकारको छिटो र ठोस निर्णयका लागि हार्दिक अनुरोध गरेको छ । 
विज्ञप्तिमा उसले भनेको छ, हालैको जिन–जि आन्दोलनको क्रममा विभिन्न पार्टीका अध्यक्षहरूको आवास (एक बोतल रक्सीको एक करोड रुपैयाँभन्दा बढी मूल्यका), पार्टी कार्यालयहरू, नगरपालिका कार्यालयहरू, वडा कार्यालयहरू र यहाँसम्म कि प्रहरी कार्यालयमै समेत ठूलो परिमाणमा (रक्सी) मदिरा  फेला परेको देखियो । विश्वको शिर तथा मस्तिष्कको रूपमा अवस्थित यो देवभूमि, वेदभूमि, ज्ञानविज्ञानभूमि, साधनाभूमि, ध्यानभूमि, योगभूमि, सनातन धर्मभूमि, बुद्धभूमि, ऋषिभूमि, गोरक्षभूमि, किराँतभूमि, पुण्यभूमिजस्ता महत्वपूर्ण विशेषताले परिपूर्ण तथा भरिपूर्ण तीर्थमयी नेपालको महिमा एवं गरिमा शब्दले वर्णन गरेर सकिँदैन । अध्ययन, अनुसन्धान, शोधखोज र जीवन सार्थकताका लागि वेदवेदान्तादि ज्ञानविज्ञानको सनातन धाराले सृजित हाम्रो पहिचान र सभ्यताको गहिराइले नेपालीले सदासर्वदा विश्वका अगाडि शिर ठाडो गरेका हौं । यस भूमिमा बेलाबेलामा अवतरित हुनुभएका ब्रह्मनिष्ठ ज्ञानी, ध्यानी, तपस्वी मन्त्रद्रष्टा गुरुहरूको मार्गनिर्देशबाट यहाँका नरनारीहरू दीक्षित हुँदै र आफ्नो जीवनलाई किर्तार्थ गर्दै आएका हुन् । वर्तमानमा विद्यमान नेपाली सामाजमा मद्यपान (रक्सी) मदिरा सेवन गरी विकृतिप्रति आकर्षित भइ आफ्नो असली धर्म, ज्ञानविज्ञान, दर्शन, कलासंस्कृति, पहिचान, मुल्यमान्यता एवं मौलिक राजनीतिक दर्शनलगायतको मुख्य मार्गबाट विचलित भइ स्वधर्मप्रति अनुदार देखिन थालेको प्रष्ट भएको छ । जसले गर्दा देशमा भ्रष्टाचार, हत्या, हिंसा, आतंक, बलात्कार, अन्याय, लुट, कपट, वेइमानी, विखण्डन, गुण्डागर्दी जस्ता अमानवीय गतिविधि बढेको छ । यसबाट स्पष्ट हुन्छ कि वैदिक सनातन धर्मराज्य देश नेपालको भ्रष्टाचार र समाजमा फैलिएको आपराधिक क्रियाकलापहरूको मूल कारणमध्ये मद्यपान रक्सी एक हो। मद्यपानले व्यक्तिगत आचरण बिगार्नुका साथै आर्थिक अपव्यय र आपराधिक प्रवृत्तिलाई बढावा दिइरहेको छ । यही कारण यो माग गरेको उसले जनाएको छ । 
विज्ञप्ति
श्रीमान माननीय अर्थमन्त्रीज्यू,
नेपाल सरकार
श्री अर्थ मन्त्रालय,
सिंहदरबार, काठमाडौं।  

विषयः नेपाल राष्ट्रभर मद्यपान (रक्सी) मदिरा प्रतिबन्ध सम्बन्धमा निवेदन ।

श्रीमान माननीय अर्थमन्त्री रामेश्वर खनालज्यू,
“यस राष्ट्रिय महान् पर्व बडा दशैँ २०८२ को पावन अवसरमा आदिप्रयाग देवघाट विकास केन्द्र नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
दशैँले ल्याउने आपसी सद्भाव, धार्मिक आस्था, सामाजिक एकता र राष्ट्रिय समृद्धिको भावनाले देशमा शान्ति, स्थायित्व र प्रगति कायम होस् भन्ने हाम्रो हार्दिक कामना छ।
यस पावन पर्वले सम्पूर्ण नेपाली जनतामा एकता, सहिष्णुता र विकासप्रतिको प्रतिबद्धता थप बलियो बनाओस् र देशलाई समुन्नत तथा समृद्ध बनाउने मार्गमा नेपाल सरकारलाई थप प्रेरणा र शक्ति प्रदान गरोस्।”
हालैको जिन–जि आन्दोलनको क्रममा विभिन्न पार्टीका अध्यक्षहरूको आवास (एक बोतल रक्सीको एक करोड रुपैयाँभन्दा बढी मूल्यका ), पार्टी कार्यालयहरू, नगरपालिका कार्यालयहरू, वडा कार्यालयहरू र यहाँसम्म कि प्रहरी कार्यालयमै समेत ठूलो परिमाणमा  (रक्सी) मदिरा  फेला परेको देखियो।
विश्वको शिर तथा मस्तिष्कको रूपमा अवस्थित यो देवभूमि, वेदभूमि, ज्ञानविज्ञानभूमि, साधनाभूमि, ध्यानभूमि, योगभूमि, सनातन धर्मभूमि, बुद्धभूमि, ऋषिभूमि, गोरक्षभूमि, किराँतभूमि, पुण्यभूमिजस्ता महत्वपूर्ण विशेषताले परिपूर्ण तथा भरिपूर्ण तीर्थमयी नेपालको महिमा एवं गरिमा शब्दले वर्णन गरेर सकिँदैन । अध्ययन, अनुसन्धान, शोधखोज र जीवन सार्थकताका लागि वेदवेदान्तादि ज्ञानविज्ञानको सनातन धाराले सृजित हाम्रो पहिचान र सभ्यताको गहिराइले नेपालीले सदासर्वदा विश्वका अगाडि शिर ठाडो गरेका हौं । यस भूमिमा बेलाबेलामा अवतरित हुनुभएका ब्रह्मनिष्ठ ज्ञानी, ध्यानी, तपस्वी मन्त्रद्रष्टा गुरुहरूको मार्गनिर्देशबाट यहाँका नरनारीहरू दीक्षित हुँदै र आफ्नो जीवनलाई किर्तार्थ गर्दै आएका हुन् । 
वर्तमानमा विद्यमान नेपाली सामाजमा मद्यपान (रक्सी) मदिरा सेवन गरी विकृतिप्रति आकर्षित भइ आफ्नो असली धर्म, ज्ञानविज्ञान, दर्शन, कलासंस्कृति, पहिचान, मुल्यमान्यता एवं मौलिक राजनीतिक दर्शनलगायतको मुख्य मार्गबाट विचलित भइ स्वधर्मप्रति अनुदार देखिन थालेको प्रष्ट भएको छ । जसले गर्दा देशमा भ्रष्टाचार, हत्या, हिंसा, आतंक, बलात्कार, अन्याय, लुट, कपट, वेइमानी, विखण्डन, गुण्डागर्दी जस्ता अमानवीय गतिविधि बढेको छ । 
यसबाट स्पष्ट हुन्छ कि वैदिक सनातन धर्मराज्य देश नेपालको भ्रष्टाचार र समाजमा फैलिएको आपराधिक क्रियाकलापहरूको मूल कारणमध्ये मद्यपान रक्सी एक हो। मद्यपानले व्यक्तिगत आचरण बिगार्नुका साथै आर्थिक अपव्यय र आपराधिक प्रवृत्तिलाई बढावा दिइरहेको छ।
अतः, भ्रष्टाचारको अन्त्य तथा  न्यूनिकरण, अपराध नियन्त्रण र सामाजिक मर्यादा कायम गर्न नेपाल राष्ट्रमा मद्यपान रक्सीलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने नीति अवलम्बन गर्न अत्यावश्यक देखिन्छ।
हामी, आदिप्रयाग देवघाट विकास केन्द्र नेपाल, केन्द्रीय कार्यालय, आदिप्रयाग देवघाटधाम, चितवन, यस विषयमा, समृद्ध नेपाल निर्माणका लागि र लोककल्याणकारी शासन (धर्मराज्य) व्यवस्थाको लागि नेपाल सरकारको छिटो र ठोस निर्णयका लागि हार्दिक विनम्र अनुरोध गर्दछौं।
धन्यवाद।
निवेदक ः– 
धर्मपालकः गुरु बसिष्ठ                          डा. नारायणाचार्य देवबाबा’
प्रमुख संरक्षक                                 संस्थापक अध्यक्ष
मोबः +९७७ ९८०२७४६३००                         मोबः +९७७ ९८५११७५६६५

मोबः    +९७७ ९८५१२२७५४१
+९७७ ९८४५०३०८७६ 
भ्–mबष्ःि ष्लाय.बबमष्उचबथबनमभखनजबत२नmबष्.िअयm
   आदिप्रयाग – देवघाट विकास  केन्द्र नेपाल
केन्द्रीय कार्यालय
देवघाटधाम, चितवन,  
नेपाल।

बोधार्थ तथा कार्याथ ः–
१) श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ, नेपाल ।
फोनः +९७७–१– ५९७१०००, ५९७१००१,
पो. ब. नं. २३३१२
ईमेलःष्लाय२यऊअm.नयख.लउ 

२) श्री गृह  मन्त्रालय , सिंहदरबार, काठमाडौं।  
३) श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , सिंहदरबार, काठमाडौं।
४) श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , सिंहदरबार, काठमाडौं।
५) श्री कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय , सिंहदरबार, काठमाडौं।
६) श्री बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालय , सिंहदरबार, काठमाडौं।
७) श्री युवा तथा खेलकुद मन्त्रालय , सिंहदरबार, काठमाडौं।
८) श्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , सिंहदरबार, काठमाडौं।
९) श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१०) श्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , काठमाडौं।
११) श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१२) श्री सहरी विकास मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१३) श्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१४) श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१५) श्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१६) श्री सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१७) श्री खानेपानी मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१८) श्री रक्षा मन्त्रालय , सिंहदरबार, काठमाडौं।
१९) श्री परराष्‍ट्र मन्त्रालय , सिंहदरबार, काठमाडौं।
२०) श्री ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय , सिंहदरबार, काठमाडौं।
२१) श्री वन तथा वातावरण मन्त्रालय , सिंहदरबार, काठमाडौं।
 

Comments