चाँंडै नै आन्दोलनको घोषणा हुने जेन्जी अगुवाको भनाई 


असोज १५, २०८२, बुधबार | साँझ ०४:१० बजे | 355


चाँंडै नै आन्दोलनको घोषणा हुने जेन्जी अगुवाको भनाई 

काठमाडौं । एकजना जेन्जी अगुवा पुरुषोत्तम यादवले जेन्जीे आन्दोलन, पछिल्लो परिस्थिति र आगामी योजनासम्बन्धी स्पष्टिकरण सार्वजनिक गरेका छन् । बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी उनले जेन्जीको कार्यक्रम पूर्णतः शान्तिपूर्ण तरिकाले आयोजना गरिएको बताए । तर, आन्दोलनपछि उत्पन्न परिस्थितिहरू, तत्कालीन सरकारको अदूरदर्शिता र केही घुसपैठ तत्वहरूको कारण आम नागरिकहरूलाई भएको धेरै धनजनको क्षति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएको छ ।
हामी यो आन्दोलन महिनौँ अघिदेखि तयारी गरी, संयमित र संवैधानिक ढंगबाट सञ्चालनमा ल्याएका थियौं, उनले लेखेका छन्, त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ ।
उनले थपेका छन्, हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासनविरुद्ध जनचेतनाको लहर सिर्जना ग¥यो । हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यसै बाटोमा हिँडिरहेका छौं ।
अब, आन्दोलनको सफलतापछि त्यसको संरक्षण र थप विस्तार गर्ने जिम्मेवारी केवल जेन्जी होइन, सम्पूर्ण पुस्तामा आएको छ, उनले भनेका छन्, हामी हाल देशभरिका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवाला स्थानसम्म पु¥याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सक्रिय छौं ।
यसै सन्दर्भमा, सामाजिक सञ्जालमा आगामी असोज २३ मा जेन्जीको अर्को कार्यक्रम हुने भन्ने हल्ला फैलिएको पाइएको र उक्त मितिमा आफूहरुको कुनै पनि कार्यक्रम वा सहभागिता नभएको स्पष्ट पारेको छ । तर, हाम्रा सहिद, घाइते र जनताको मागहरूलाई सार्थकता दिन हामी चाँडै नै अर्को सार्वजनिक कार्यक्रम को घोषणा गर्नेछौं, उनले भने, हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थको लागि होइन — यो जनताको लागि, जनताको आवाजको लागि हो ।
विज्ञप्ति
मिति: २०८२/०६/१५ (October 1, 2025)

विषय: september 8 (Bhadra 23) को आन्दोलन, पछिल्लो परिस्थिति र आगामी योजनासम्बन्धी स्पष्टिकरण

september 8 (Bhadra 23) मा आयोजित Gen Z Movement को कार्यक्रम पूर्णतः शान्तिपूर्ण तरिकाले आयोजना गरिएको थियो। तर, आन्दोलनपछि उत्पन्न परिस्थितिहरू, तत्कालीन सरकारको अदूरदर्शिता र केही घुसपैठ तत्वहरूको कारण आम नागरिकहरूलाई भएको धेरै धनजनको क्षति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

हामी यो आन्दोलन महिनौँ अघिदेखि तयारी गरी, संयमित र संवैधानिक ढंगबाट सञ्चालनमा ल्याएका थियौं। त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा छ।

हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासन विरुद्ध जनचेतनाको लहर सिर्जना गर्‍यो। हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यसै बाटोमा हिँडिरहेका छौं।

अब, आन्दोलनको सफलतापछि त्यसको संरक्षण र थप विस्तार गर्ने जिम्मेवारी केवल Gen Z होइन, सम्पूर्ण पुस्तामा आएको छ। हामी हाल देशभरिका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवाला स्थानसम्म पुर्‍याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सक्रिय छौं।

यसै सन्दर्भमा, सामाजिक सञ्जालमा October 9 (Asoj 23) मा Gen Z Movement को अर्को कार्यक्रम हुने भन्ने हल्ला फैलिएको पाइएको छ। हामी स्पष्ट रूपमा जनाउन चाहन्छौं कि उक्त मितिमा हाम्रो कुनै पनि कार्यक्रम वा सहभागिता छैन।

तर, हाम्रा सहिद, घाइते र जनताको मागहरूलाई सार्थकता दिन हामी चाँडै नै अर्को सार्वजनिक कार्यक्रम को घोषणा गर्नेछौं।

हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थको लागि होइन — यो जनताको लागि, जनताको आवाजको लागि हो।

जय युवा, जय परिवर्तन।
भ्रष्टाचार र कुशासन विरुद्ध हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।

सादर,
पुरुषोत्तम यादव
Gen Z Movement — आन्दोलनकर्ता मध्य एक
(प्रशासनबाट अनुमतिप्राप्त व्यक्ति)
 

Comments