साहित्यकार रुबि सत्याललाई केदारनाथ–लीलादेवी साहित्य सम्मानबाट सम्मानित गरिने


असोज १३, २०८२, सोमबार | राति ०८:२८ बजे | 275


साहित्यकार रुबि सत्याललाई केदारनाथ–लीलादेवी साहित्य सम्मानबाट सम्मानित गरिने

काठमाडौँ । नेपाली साहित्यमा सक्रिय योगदान दिँदै आएकी साहित्यकार रुबि सत्याललाई केदारनाथ–लीलादेवी साहित्य सम्मान-२०८१ अर्पण गरिने भएको छ ।  काभ्रेपलाञ्चोकको पनौती, खोपासीमा जन्मिएकी सत्यालको वास्तविक नाम रुक्मणी बिडारी सत्याल हो ।  उनले अछुत जुन (कवितासङ्ग्रह–२०७६) र अपूर्वा (उपन्यास–२०८२) लगायतका कृति प्रकाशित गरेकी छन् । विगतमा कविता, गजल, निबन्ध र उपन्यास लेखनमा सक्रिय रहँदै विभिन्न प्रतियोगितामा पुरस्कृत तथा सम्मानित भइसकेकी सत्याल केही साहित्यिक संस्थामा संस्थापक सदस्य तथा सल्लाहकारको भूमिका समेत निर्वाह गर्दै आएकी छन् ।

Comments