भक्तपुरको बजार क्षेत्रमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याको प्रचारप्रसार  


असोज १३, २०८२, सोमबार | दिउँसो १२:०६ बजे | 410


भक्तपुरको बजार क्षेत्रमा ४५ औं नेपाल भाषा साहित्य तःमुंज्याको प्रचारप्रसार  

भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा मजदुर, किसान, युवा र महिलाहरुको सहभागितामा  सूर्यमढी, दत्तात्रय, इनाचो, गोलमढी सुकुढोका, साकोथा, टौमढी, नासमना ,बंशगोपाल, भार्वाचो र दुधपाटी  लगायत भक्तपुरका मुख्य मुख्य बजारक्षेत्रमा प्रचारप्रसार तथा  आर्थिक संकलन कार्य  सम्पन्न भयो  । 
कार्यक्रममा  नेपाल भाषा साहित्य तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातां र प्रचार प्रसार संयोजक राजकुमार लघुले २०८२ साल असो्ज १८ र १९ गते  दुई दिन विहान ११ बजेदेखि भक्तपुरको इताछें  नःपुखु क्षेत्रमा हुने ४५ औ नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यबmममा सक्रिय सहभागिताका साथै आर्थिक सहयोग गर्नु अनुरोध गर्दै विभिन्न तप्का जनताबाट  सक्दो आर्थिक सहयो्ग गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा स्थानिय ब्यवासायी, दाजुभाई तथा दिदी बहिनीहरुले स्वंम स्फुर्त आर्थिक सहयोग गर्दै कार्यक्रम सफलताको कामना ब्यक्त गर्नुभएको थियो ।
 

Comments