जेन्जीहरुको राष्ट्रिय भेला हुने (सूचनासहित)


असोज १३, २०८२, सोमबार | विहान १०:१३ बजे | 350


जेन्जीहरुको राष्ट्रिय भेला हुने (सूचनासहित)

काठमाडौं । आन्दोलनकै दिन पारेर यही असोज २३ र २४ गते दुई दिन काठमाडौंमा जेन्जीहरुको राष्टिय भेला हुने भएको छ । सबै पुस्ताको साझा उपस्थितिमा, जेन्जीको नेतृत्वमा
जेन्जी आन्दोलनः उपलब्धिको रक्षा र भविष्यको दिशा विषयमा राष्टिय भेला हुने जनाइएको छ । 
युवा चेतनाको नयाँ लहरका रूपमा अगाडि बढेको जेन्जी आन्दोलन अब एक पुस्ता सीमित नभई, सबै पुस्ताको प्रतिनिधित्वसहित, जेन्जीको नेतृत्वमा नयाँ युगको निर्माणतर्फ अघि बढ्दैछ, जारी सूचनामा जनाइएको छ । यस यात्रालाई संस्थागत र सुदृढ बनाउन हामी “राष्ट्रिय प्रतिनिधिमूलक भेला“ आयोजना गर्दैछौं — जहाँ सबै पुस्ता, क्षेत्र, समुदाय, र आवाजहरूलाई एउटै साझा मञ्चमा ल्याउने छौं, सूचनामा थपिएको छ । 
सूचना 
राष्ट्रिय भेला — सबै पुस्ताको साझा उपस्थितिमा, न्भलश् को नेतृत्वमा
स्थानः काठमाडौं
मितिः असोज २३ र २४ गते

विषयः जेन्जी आन्दोलनः उपलब्धिको रक्षा र भविष्यको दिशा“
युवा चेतनाको नयाँ लहरका रूपमा अगाडि बढेको न्भलश् आन्दोलन अब एक पुस्ता सीमित नभई, सबै पुस्ताको प्रतिनिधित्वसहित, न्भलश् को नेतृत्वमा नयाँ युगको निर्माण तर्फ अघि बढ्दैछ।
यस यात्रालाई संस्थागत र सुदृढ बनाउन हामी “राष्ट्रिय प्रतिनिधिमूलक भेला“ आयोजना गर्दैछौं — जहाँ सबै पुस्ता, क्षेत्र, समुदाय, र आवाजहरूलाई एउटै साझा मञ्चमा ल्याउने छौं।

भेलाको मुख्य विशेषताः
✅ २ दिने कार्यक्रम (असोज २३ र २४)
✅ व्यक्तिगत र समूहगत छलफल — सम्पूर्ण क्षेत्र र पुस्ताको प्रतिनिधित्व सुनिश्चित
✅ सामूहिक नेतृत्व प्रणाली अनुसार टिम घोषणा
✅ विभिन्न विभाग, समिति तथा कार्यदल निर्माण
✅ प्रतिनिधि छनोट असोज २१ भित्र
???? छनोट प्रक्रियाः अनलाइन प्लेटफर्म र समूह छलफलको माध्यमबाट
 

Comments