उदीयमान पत्रकार किरण पौडेल


असोज १३, २०८२, सोमबार | विहान ०७:१९ बजे | 200


उदीयमान पत्रकार किरण पौडेल

२३ वर्षीय किरण पौडेल नेपालको राजनीतिक उथलपुथल र न्यायिक विषयमा निर्भीक र विश्लेषणात्मक रिपोर्टिङका लागि पहिचान बनाइसकेका छन्। अल जजीराले २०२५ मा प्रकाशित Gen Z विद्रोहबारेको लेखमा “युवाहरूको असन्तुष्टि दस्तावेजीकरण गर्न जोखिम मोलेका पत्रकार” भनेर उल्लेख गर्दै उनलाई नेपालको प्रभावशाली युवा पत्रकारमध्ये एक मानेको छ।
२०५९ असार ३ (सन् २००२ जुन १७) मा बागलुङ जिल्लाको वलेवामा जन्मेका पौडेलले पत्रकारीता पढेका भने होईनन् ।  त्रिभुवन विश्वविद्यालयबाट भर्खरै स्नातक तह उत्रीण गरेका पौडेलले  पत्रकारिता नपढेका भए पनि कलेजमा डिबेट, आईटी, कल्चरल र पब्लिकेशन क्लब स्थापना र नेतृत्व गर्दै तीन वर्षसम्म कलेजको बार्षीक म्यागजीनको सम्पादकीय बोर्डको अध्यक्ष रहँदा उनले खोजी र लेखन कौशल विकास गरेका थिए । उनले आफ्नो व्यावसायिक करिअर १९ बर्षमै सन २०२१ मा अन्नपूर्ण मिडिया नेटवर्कबाट सुरु गरेका थिए , आईटि सपोर्टका अन्नपूर्णमा आवद भएका उनले केहि महिनापछी  राजनीति, कूटनीति, प्रशासन, सुरक्षा र न्यायिक विषयमा खोजी रिपोर्टिङ गरे। द अन्नपूर्ण एकस्प्रेस अंग्रेजी राष्ट्रिय दैनिकमा मा  “लिगल वाच”  आर्टिकलहरु कभर स्टोरीका रुपमा पनि लेखे ।  हाल उनी कान्तिपुर टेलिभिजनमा उप–सम्पादकका रूपमा न्यायिक, संवैधानिक, परराष्ट्र, कूटनीति र भूराजनीतिक समाचार कभरेज नेतृत्व गर्छन्। उनी दक्षिण एसीयाकै पुरानो कानुनि अनलाईन् पत्रीका बार एण्ड बेन्चका स्तम्भकार पनि हुन्।किट विश्वबिधालयमा. नेपाली बिध्यार्थीको संकाश्स्पद मृत्यु र बिध्यार्थीहरु बिश्वबिधालयले गरेको दमनको  रिपोर्टिङ र जेन जी आन्दोलनको  रिपोर्टिङले उनको नामलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो। प्रहरीसँगको झडपदेखि राजनीतिक नेतृत्वसम्म युवाको आवाजलाई मैदानमै रहेर कभर गर्ने उनको शैलीले विद्रोहको कथा परिभाषित गर्‍यो। उनलाई नेपाल बार एसोसीयसनले २०२२-२०२५ सत्रको कानुन पत्रकारीता पुरस्कार प्रदान गरेको थियो । २२ बर्षमै कानुन पत्रकारीता पुरस्कार प्राप्त गरेका उनि यो पुरस्कार प्राप्त गर्ने सबैभन्दा कान्छा सञ्चारकर्मी हुन् । परराष्ट्र मन्त्रालयले म्यान्मार भूकम्प अवलोकन टोलीका सबैभन्दा कान्छा प्रतिनिधि र नेपाली सेनाको रक्षा संवाददाता कार्यक्रममा सहभागी हुने सबैभन्दा युवा पत्रकार बने । उनले भारतको हैद्रबादस्थित एम सी आर ईन्स्टिटियुट बाट पत्रकारीता र पब्लिक रिलेशन्सममा बिशेष तलिम गरेका छन् । १६ देशका प्रतिनिधी सम्मिलित उक्त तालिममा उनि सबैभन्दा कान्छा प्रतिनिधी थिए । 
कानूनी अनुसन्धान, कूटनीतिक रिपोर्टिङ, भूराजनीतिक विश्लेषणदेखि डिजिटल मार्केटिङ, डेटा एनालाइसिस, सम्मको दक्षताले पौडेललाई तथ्याङ्क–आधारित खोजी पत्रकारितामा फरक बनाएको छ। अदालतदेखि आन्दोलन स्थलसम्मको उनको निर्भीक उपस्थिति नेपालको लोकतान्त्रिक बहसलाई आकार दिँदै अन्तर्राष्ट्रिय स्तरसम्म गुञ्जिरहेको छ।
 

Comments