सिपाडोल खानेपानीले दियो जगाती प्रहरीलाई डेढ लाख
असोज १२, २०८२, आइतबार | राति ०९:०१ बजे | 505
भक्तपुर । सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ बाट जगाती प्रहरी बृत भक्तपुरलाई एक लाख ५० हजार रुपैयाँं सहयोग गरेको छ । खानेपानीका अध्यक्ष तुल्सीनारायण लाखेमरुले जगाती प्रहरी बृत पुनः निर्माण समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारलाई सो रकम बराबरको चेक आइतबार प्रहरी बृतमै हस्तान्तरण गरेका हुन् । स्थानीय जनता र प्रहरीको सुमधर सम्वन्धका लागि सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष लाखेमरुले सोही कार्यक्रममा बताए । कार्यक्रममा खानेपानी समितिका पदाधिकारीहरु पनि उपस्थित थिए ।
जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत पनि जलेर क्षति पुगेको थियो । त्यही क्षति पुननिर्माणका लागि अहिले सहयोग संकलन भइरहेको छ । यस क्रममा खानेपानीले पनि सहयोग गरेको हो । सहयोगका लागि स्थानीय कृष्णराम जाकिबञ्जारको अध्यक्षमा उपभोक्ता समिति बनेको थियो । त्यही समितिले सहयोग संकलन गरी बृत भबन पुननिर्माण गर्ने तयारी गरिरहेको हो ।
