जित वा हार?
असोज १२, २०८२, आइतबार | दिउँसो ०३:०५ बजे | 350
राजन कार्की
अनायसै-
हठात्/ सिघ्रादिसिघ्र,
अनौठो भयो-
विचित्र भयो-तर सचित्र देखियो ।
लामो समय पछि ,
नेपाली/गोर्खालीले,
आफ्नो स्वभाव देखायो ।
हाम्रा मौलिक राष्ट्रिय विभुति विर्सेर,
गान्धिमाक्स ब्यर्थ थियो ।
तराईको सुपारी/नरिवल,
जोमसोममा रोप्ने,
अल्पज्ञान प्रयत्न,
सामान्य वातवरणमैत्री,
ज्ञान पनि हामिमा थिएन ।
के हुर्किन्थ्यो र?
के फल्थ्यो??
००० ००० ००० ०००
रिसले घृणा उत्पन्न भो,
घृणाले हिंशा ?
हिंशाले नाश ।
प्रतिसोध/ महत्वकांक्षा नै सहि?
परन्तुः
काट्टेमा-परियो-चारपाटा मोडियो ।
नयाँ ठाँउमा गईयो।
छलछाम गरियो ।
भुमिपुत्रहरुको भूमि खोसियो।
अनि,
बल्ल जमिन्दार कहलाईयो ।
अपराधलाई राजनितिकरण ,
राजनितिको,
अपराधिकरण गरियो ।
प्रतिसोध/ ब्यक्तिगत ,
स्वार्थ प्रयोजनार्थ,
समाज भड्काईयो-
गान्धिमाक्सको आशिर्वादले,
काङ्ग्रेस /
र-कमनिष्ट भईयो ।
००० ००० ००० ०००
०७ साल देखि गान्धिमाक्सको, खेतला गरियो ।
गर्नुविधि गरियो-गर्नुनगर्नु गरियो ।
तीन"र"कै लागि तामासी भईयो ।
हाम्रो लुटको गान्धिमाक्स? स्रामराज्यमा,
१७ साल,
राजा महेन्द्र,
शत्रु/कंसिङगार बन्यो ।
फेरि ४७ साल आयो-
नागरिक झुक्याउँन सफल भईयो ।
हामी गान्धिमाक्सले,
देश/ नागरिकको,
भलो सेवानिति गरेकै थिएनौ । यत्ति कुरा पनि,
नेपाली/गोर्खेले,
वुझेका थिएनन्?
नत्र किन? ताली वजाउँथे र?
नागरिक /देशको स्थायित्वको, लागि,
राजनिति गरेकै थिएनौ-
मात्र ब्यक्तिगत स्वार्थ पेरित थियौ ।
हामीवाट,
के मात्र गर्न बाँकी रह्यो र?
अतहः
ब्रम्हलुट गर्ने मार्गचित्र बन्यो ।
मस्ति भयो-
राग रमिता थियो ।
पृथ्वीलोकमै, न सहि,
नेपाल मन्डलमा ,
हाम्रो स्रामराज्य यथावत थियो ।
हामी,
गान्धिमाक्सको जति मस्ति,
कसले गर्यो?
००० ००० ००० ०००
दुखको दिन पहाड बनेर आयो-
अपितुः
जेन्जि रे? जेन्जि रे?
हठात्/ अचानक / वर्वर
आततायी रुपले,
८२ साल भाद्र २३/२४ गते,
अकल्पनिय जेन्जि सामुन्द्रिक
आँधीहुरी आयो-
न सपनामा देखेको?
न विपनामा सोचेको?
हाम्रो कथित राजनैतिक अपराधमा,
यी फुच्चे/ अल्पक्षानी/अनाडी र अनुभव विहिन,
२७ घन्टामै,
उलट/पुलट ल्यायो ।
बडो-जुक्तिले,
दुबै कुमाई(राष्ट्रपति/ सेनापति)
हाम्रो छलछाममा,
जसरी आए ?
उसैगरि हराएँ?
के को स्वागत?
बिदाई गरियो ।
००० ००० ००० ०००
मुर्खता/ घमण्ड/ एकाङ्की
महत्वकांक्षा,
र स्वार्थले ,
संभवतः नष्ट/ अन्त र वलि हुन्छ ।
यो प्राकृतिक नियम हो-
यो थाँह छ।
खुल्दैखुलेन-चेत्दैचेतिएन् ।
त के गर्रौ?
नकरात्मक सोच हावी भयो ।
बुद्धिको विर्को,
फेरि बन्द भो ।
देश हार्यो- नागरिक हार्यो ।
राष्ट्रको जग भत्कियो ।
देश नागरिक जे-सुकै होउँन ।
हामीले ( गान्धिमाक्स)जित्यौ ।
बिदेशीले जित्यो ।
हामी सकिन्छौ-तर सुध्रिदैनौ?
यो हाम्रो नियति हो ।
जेन्जिले नसके - अल्फा आउँ ।
२३/ २४ गतेको-भन्दा?
वर्वर/आतँतायी,
मानव ईतिहासमै नभएको,
सजायँ भोग्न हामी तयार छौ।
किनभने?
यो देश निर्माण गर्नेको सन्तान?
यो देशको,
शासक/शासित,
दुवै हुन सक्दैन ।
यस्तो अप्राकृतिक कुरा गर्ने हो?
राष्ट्रिय विभुति,
हामी,
जान्दैनौ-चिन्दौनौ ।
गान्धिमाक्सको दर्शन यहि हो ।
यत्ति हो ।
हामी भोग्न/ब्योहेर्न
तयार छौ ।
हाम्रो यो हामीले वनाएको नियति?
अकाट्य छ ।
