ब्रम्हायणीमा सुकुन्दा रयाली हुने
असोज १०, २०८२, शुक्रबार | साँझ ०६:२२ बजे | 260
भक्तपुर । विजयादशमीको अवसरमा यही असोज १५ गते बुधबार साँंझ भक्तपुरको ब्रम्हायणीमा सुकुन्दा रयाली हुने भएको छ । जीवित देवी श्री नवदुर्गा भवानीको ब्रह्मायणी शक्ति पीठमा सृष्टि यात्रालाई सुसज्जित तथा सु–प्रकाशित गर्ने हेतुले सुकुन्दा रयाली गर्न लागिएको हो । रयाली नवदुर्गा द्योछेंबाट सुरु भई ब्रम्हायणीमा पुग्ने जनाइएको छ । रयालीमा सहभागी हुनका लागि सर्वसाधारणमा अनुरोध गरिएको छ ।
श्री नवदुर्गा धिमे खलः तथा निओ फ्युजन बाजा समूहको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम साँंझ ५ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
