भक्तपुर बौद्ध महिला संघको पाचौं स्थापना दिवस तथा चौथौं वार्षिकोत्सब मनायो
असोज ९, २०८२, बिहीबार | राति ०९:२० बजे | 185
भक्तपुर बौद्ध महिला संघको पाचौं स्थापना दिवस तथा चौथौं वार्षिकोत्सब मनायो । आज बिहीबार,भक्तपुर बौद्ध महिला संघको "पाँचौं स्थापना दिवस तथा चौथौं वार्षिकोत्सब" बौद्ध समकृत विहार, कथुबहि भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थविरज्युको प्रमुख आतिथ्यत्वमा वहाँले बुद्धधर्ममा महिलाहरूलाई समान अधिकार दिएको छ भन्नुभयो । बुद्धधर्मको चार परिषदमा भिक्षु, भिक्षुणी उपासक र चारै परिषद धर्मको रथलाई अगाडि बढाई राखेको छ भनेर भन्नुभयो । त्यस्तै बिमला शाक्य बज्राचार्य,कमलशोभा शाक्य, नारायणदेवी प्रजापति, कोषाध्यक्ष सुमित्रा मानन्धर लगायतले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा बौद्ध महिला संघका सदस्य लक्ष्मीकेशरी प्रजापतिले बौद्ध परियत्ति शिक्षामा "परियत्ति सद्धम्म कोविद" उपादि हासिल गर्नु भएकोले सम्मान गरिएको थियोे ।
भक्तपुर बौद्ध महिला संघका अध्यक्ष सूर्यशोभा बज्राचार्यको सभापतित्वमा स्वागत सहसचिव सर्मिला मानन्धरले दिनुभयो भने धन्यवाद सभापति सूर्यशोभा बज्राचार्यले दिनुभयो । कार्यक्रम संचालन सचिव बिद्या बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रमको शुरू पञ्चशील प्रार्थनाबाट शुरू गरि पुण्यानमोदन गरि सम्पन्न गरिएको थियोे ।
