पर्यटनमन्त्रीका रूपमा योग्य व्यक्तित्व कल्पना महर्जन
असोज ९, २०८२, बिहीबार | साँझ ०४:२३ बजे | 1380
विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडाबाट (नेपालतर्फबाट २०७५ जेठ ९ गते र तिब्बततर्फबाट २०७६ जेठ ९ गते) सफल आरोहण गरी विश्वकिर्तिमान कायम गर्ने व्यक्तिका रूपमा संसारले चिनेकी — हाम्रो गौरव, कल्पना महर्जन।
नेवार समुदाय मात्र नभई सम्पूर्ण नेपालको गर्वको रूपमा परिचित उनी विगत १५ वर्षदेखि पर्यटन पत्रकारितामा सक्रिय छिन्। यससँगै, उनले १३ वर्षदेखि ट्रेकिङ गाइडको रूपमा कार्य गर्दै विभिन्न ग्रामिण क्षेत्रमा गाउँ–पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।
हिमाल, पहाड र तराईसम्मका ग्रामीण पर्यटनका आयामलाई राम्ररी बुझ्ने उनी निरन्तर नेपाली सम्पदा, कला, संस्कृति, पर्व र पर्यटन प्रवर्द्धनमा लागिपरेकी छिन्। नेपाल भ्रमण वर्ष २०२० का अवसरमा उनी ललितपुर महानगरपालिकाबाट पर्यटन सद्भावना दूत नियुक्त भइ अन्तर्राष्ट्रिय बजारमा नेपाल प्रवर्द्धनमा सक्रिय भइन्। त्यस्तै, २०२२ देखि इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतको रूपमा कार्यरत रहँदै इलाममा साहसिक खेलको विकासका लागि रक क्लाइम्बिङ रुट निर्माण गरी स्थानीय युवालाई तालिमसमेत दिइरहेकी छिन्।
अन्तर्राष्ट्रियस्तरमा समेत परिचित महर्जन भारतस्थित भारतीय नेवार संगठनकी मानार्थ सदस्य हुन्। साथै, भारतको पञ्जाबमा अवस्थित आरआईएमटी विश्वविद्यालयमा मोटिभेसनल स्पिकरका रूपमा संलग्न छिन्। नेपालमै पनि प्रहरी, सेना र शिक्षा क्षेत्रका विभिन्न संघ–संस्थामा मोटिभेसनल स्पिकरका रूपमा निरन्तर योगदान दिइरहेकी छिन्।
नेपाल सरकार लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल महर्जन नेवार समुदायको मात्र नभई सम्पूर्ण देशकै गौरव हुन्। यस कारण, पर्यटनमन्त्रीका रूपमा योग्य व्यक्तित्व कल्पना महर्जनलाई पनि सम्झन सकिन्छ
फाेटाेमा हेर्नुहाेस्...
