नेपाल टेलिकम इटहरीद्वारा विद्यालयमा ब्याग वितरण
असोज ८, २०८२, बुधबार | राति १०:२० बजे | 620
नेपाल टेलिकम इटहरीद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बज्राहामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल टेलिकम इटहरीका कार्यालय प्रमुख उपप्रबन्धक श्री लोकराज शर्मा भट्टराई ज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल टेलिकमले सुगम तथा दुर्गम सबै जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको आएको र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको जानकारी समेत गराउदै नेपाल टेलिकम इटहरीका लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत श्री दिनेश ज्यूले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने गरिब विद्यार्थीका लागि यस्तो कार्यक्रमले विद्यार्थीको अध्ययनमा थप उर्जा तथा प्रेरणा मिल्ने भएकोले विद्यालयका प्रधानाध्यापक श्री प्रभु नारायण चौधरीज्यूले नेपाल टेलिकम परिवार प्रति हार्दिक आभार व्यक्त गर्नुभयो। साथै इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष श्री देव नारायण चौधरी ज्यूले उक्त विद्यालयमा विपन्न वर्गका बढी बिद्यार्थीहरू रहेकोले सबै बिद्यार्थीहरूले यस्तो किसिमको सहयोगको अवसर पाएमा शिक्षाको गुणस्तरमा समेत सुधार ल्याउन सकिने बताउँदै टेलिकमलाई बिशेष धन्यबाद ब्यक्त गर्नु भयो । विद्यालयको सहायक प्रधानाध्यापक श्री पुष्पा काफ्लेज्यू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा टेलिकम इटहरीका राजस्व प्रमुख श्री रमेश धिताल, ब्यापार प्रमुख श्री शान्ता गौतम, शरद खनाल र बिमला श्रेष्ठ समेतको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन टेलिकम इटहरीका प्रशासन प्रमुख श्री भोजराज कोइरालाले गर्नु भयो ।
