४५ औ नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न ब्यासीमा भेला  


असोज ७, २०८२, मङ्गलबार | राति ०९:१५ बजे | 305


४५ औ नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न ब्यासीमा भेला  

भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा तःमुंज्था भब्य रुपमा सम्पन्न आज ब्यासीमा भेला सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान  पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले तःमुंज्या सम्पुर्ण  कामदार वर्गका जनताको शोषण र उत्पीडनका विषयमा साहित्य बाचन  र मथन गर्ने थलो हो भन्नुभयो । 
उहाँले बालबालिकाहरु पढाई तेज भए पनि उनीहरुलाई पहिला संस्कार सिकाउनुपर्छ, देश जनताको विषयमा र अन्तराष्ट्रिय घटनाक्रमबारे जानकारी गराउनुपर्छ भन्नुभयो । जेन्जी पुस्ताको २३ र २४ गतेको आन्दोलन र तोडफोडमा विदेश घुसपेथ हुन सक्ने चर्चा गर्द  सर्वोच्च अदालत, संसद  र सिहदरबार लगायत अन्य सार्वजनिक सम्पतिको तोडफोडले नेपालको आर्थिक अवस्था धेरै पछि धकेल्न सक्छ भन्नुभयो । उहाले भ्रष्ताचारीको सम्पति तो्डफो मात्र नगरी भ्रष्टाचारीलाई फासी दिनुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा ४५ आंै नेपाल भाषा साहित्य तःमुंज्याका सचिव राजन जतिले ४५ औं तःमुंज्याको तयारी र गतिविधीबारे जानकारी  गराउनुभयो । कार्यक्रमका सभापति पैतालिसौ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष रविन्द्र खर्बुजाले असोज १८ र १९ गते हुने नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अपिल गर्नुभयो ।  
कार्यक्रममा भक्तपुर नपा वडानं  २ का  वडा अध्यक्ष हरिप्रसाद बासुकला, तःमुंज्या  आयोजक समितिका सदस्यहरु ग्णेश प्रसाद सुवाल र अजेन्द्र लघुले पनि ४५ औं तःमुंज्या सफल पार्न सहयोगका लागि अपिल गर्नुभयो ।  
 

Comments