जमरा सार्वजनिक 


असोज ७, २०८२, मङ्गलबार | राति ०८:५९ बजे | 175


जमरा सार्वजनिक 

काठमाडौं । एकीकृत उपभोक्ता संघ सुविधानगर तीनकुने काठमाडौंले घटस्थापनाको अवसरमा जमरा नामक स्मारिका सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्मारिका सार्वजनिक गरेको हो । 
सिमाविद् वुद्धीनारायण श्रेष्ठले स्मारिकाको विमोचन गरेका हुन् । संस्थाले विगत तीन दसकदेखि हरेक वर्ष घटस्थापनाकै दिन जमरा सार्वजनिक गर्दै आएको छ । 
यो वर्षको यो जमरा ३० अंक हो । 
कार्यक्रमको सभापतित्वम उपभोक्ता संघका अध्यक्ष उज्ज्वल केसीले गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव गणेश अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

Comments