सकियो स्काउट साइकल मैँचा तालिम


असोज ७, २०८२, मङ्गलबार | राति ०७:५९ बजे | 405


सकियो स्काउट साइकल मैँचा तालिम

भक्तपुर, ७ असोज । निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुको आयोजनामा सात दिने गल्र्स स्काउट साइकल मैँचा हिमालयन ग्लोरी स्काउट ट्रुपमा एक हप्ते तालिम पछि आज सम्पन्न गरिएको छ । 
    गल्र्स स्काउट साइकल मैँचा नामले गत २०८२ भदौ २३ गतेदेखि सुरु भई ३१ गतेसम्म तालिम भएकोमा आज ४५ औ नेपाल भाषा साहित्य तःमुज्या गोसाखलःका अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख अतिथ्यतामा सम्पन्न गरियो । खर्बुजाकाले नेपाल भाषा साहित्य एक साहित्यिक उत्सव हो जसले देश र जनतालाई साहित्य र कलाको माध्यमले देश विदेशका सामाजिक, राजनैतिक र सांस्कृतिक चेतना दिने गर्दछ भन्नुभयो । देश भक्त हुने अहिले समयमा नितान्त अझ आवश्यकता रहेकोमा स्काउटले महत्वपूर्ण कदम चलाएको बताउनु भयो । समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान दिन स्काउटले पनि भुमिका खेल्ने विश्वास रहेको बताउनु भयो ।
    कार्यक्रममा विशेष अतिथि नेपाल स्काउट स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिका, भक्तपुरका स्थानिय प्रमुख आयुक्त बालकृष्ण बनमालाले स्काउट शिक्षा आज समयका बालबालिकालाई व्यवहारिक तथा सामाजिक शिक्षा दिनका लागि महत्वपूर्ण अम्रितको रुपमा रहने बताउनु भयो । जेन जीको आन्दोलनमा अराजक तथा उत्छशृखल व्यक्तिले गरेको आगजनी खेद पूर्ण भएको बताउँदै अब झन आफ्ना कार्यसमिति र परिषदलाई अझ मजबुद भई उठ्न प्रेरित गरेको बताउनु भयो । स्काउट शिक्षाले यस्तो समयमा पनि हार्न सिकेको छैन भन्नु भयो । 
    अतिथि कार्यक्रम संयोजक न्हुज किजुले महिलाको साइकलमा सहभागिता न्युन रहेकामा महिलाको सहभागितालाई महत्वपूर्ण स्थान दिन गल्र्स स्काउटलाई साइकल सिकाई सीप प्रदान सकेकोमा खुसी भएको बताउनु भयो । गल्र्स स्काउटलाई साइकल सिकाउनु खोज्नु नै एक चुनौति भएको आफुले मजसुस गरेको बताउनु भयो तर सिकाउदै जाँदा सहभागितामा देखेको उत्साहपूर्णले यस स्काउट साइकल मैँचा तालिम थप स्कुलहरुमा सिकाउँदै जान प्रेरणा मिलेको र सिकाउँदै जाने बताउनु भयो । 
    कार्यक्रमका सभापति हिमालयन ग्लोरी इङ्गलिश स्कुलका प्रिन्सिपल तथा इकाई अध्यक्ष कृष्णराम त्वानाबासुले स्काउट गतिविधिलाई निरन्तरता दिँदा आजको वर्षले १५ वर्षको भएको र विद्यालयमा स्काउट शिक्षामा विद्यार्थीहरुको सहभागिता देख्दा र विविध कार्यमा ती स्काउटको सहभागिताले छुट्टेै व्यवस्थित कार्य भएको बताउनु भयो । विद्यालयमा स्काउट शिक्षाले पढाई मात्र होइन अनुसाशन तथा दक्षतामा विस्तारै निखारिन्दै गएको आफुलाई अनुुभव भएको बताउनु भयो । विद्यालयमा स्काउट शिक्षाले एक छुटै गति लिएको बताउनु भयो जसमा विद्यालय परिवार खुशी भएको बताउनु भयो । 
    कार्यक्रममा स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले स्वागत मन्तव्य दिनुभएको छ भने कार्यक्रम रोभर बिमद बाहालाले सञ्चालन गरिएको छ । यस किसिमका तालिम दोस्रो पटकको भएको छ । तालिममा ३६ जना गल्र्स स्काउट लाभान्वित भएको छ । तालिम पूर्ण रुपमा निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुका रोभर रेञ्जरहरुले प्रशिक्षण गरिएको थियो ।
 

Comments