गगन मण्डलका ताराहरु सार्वजनिक हुने 


असोज ७, २०८२, मङ्गलबार | साँझ ०६:११ बजे | 485


गगन मण्डलका ताराहरु सार्वजनिक हुने 

भक्तपुर । डा इन्दुल केसीद्धारा लिखित गगन मण्डलका ताराहरु नामक पुस्तक शनिबार सार्वजनिक हुने भएको छ । शव्दयात्रा प्रकाशन बनेपा काभ्रेको आयोजनामा पुस्तक सार्वजनिक हुने भएको हो । 
पुस्तकमा विषेशत विभिन्न भजनहरु जस्तै रास भजन, ब्रम्हाण्ड भजन, गणेशकृत रास रामायण, गीत गोविन्द भजनका साथै भक्तपुर निवासी साहित्यकार पशुपतिमान पमाःद्धारा लिखित श्री स्वस्थानी ब्रतकथा, वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगले लेख्नुभएको मात्र इन्दुल केसी, पुन्यराम सुवालले लेख्नुभएको कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीलगायतका लेखहरु समावेश छन् । साथै विश्वको सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो महिला डायमण्ड हिलारीले डा इन्दुल केसीसँंग नेपालको पर्यटन विकासको सन्दर्भमा भएको कुराका संस्मरणबारे लेखिएको लेख समेत यस पुस्तकमा रहेको छ । पुस्तकको मूल्य रु दुई सय राखिएको छ ।   
 

Comments

ताजा खबर