अष्टमातृका नाचलाई ललितपुर– १६ बाट ४ लाख प्रदान, महानगरपालिकाबाट ६ लाख बजेट विनियोजित


असोज ७, २०८२, मङ्गलबार | साँझ ०४:०९ बजे | 115


अष्टमातृका नाचलाई ललितपुर– १६ बाट ४ लाख प्रदान, महानगरपालिकाबाट ६ लाख बजेट विनियोजित

ललितपुर। ्ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले यस वर्षको अष्टमातृका नाच गं प्याखं सञ्चालनका लागि ४ लाख रुपैयाँ प्रदान गरेको छ। वडा कार्यालय १ सय थान टिसर्टसहित सो रकम प्रदान गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । ललितपुरमा प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म स्थानीय नकबहीलदेखि यस नाच शुरू हुने गर्दछ । यस नाचका समावेश विभिन्न वर्णका १३ देवगणहरूशक्तिको उपासनासंग सम्बन्धित यस नाचमा यी १३ देवीदेवताको मखुण्डो र सोहीअनुरुप भेषभूषा, गरगहना लगाइ मानिस मण्डालकार बनाएर तान्त्रिक विधिपूर्वक नाचिन्छ । शुरूको चार दिन नकबहीलबाट शुरू भई पाटनदरबार क्षेत्रको मुलचोकमा यस नाच समापन गरिनेछ भने त्यसपछिको पाँच दिनसम्म राति कातिक डबलीमा देखाइने गरिन्छ । फुलपाति र विजया दशमीको दिन भने दिउँसो मूलचोकमा यो नाच देखाइन्छ । अन्तिम दिन अर्थात् एकादशीका दिन नकबही डबली नाच देखाएर यो नाच सम्पन्न गरिन्छ । अष्टमातृका नाच प्रबन्ध समितिले ललितपुर महानगरपालिकाले विनियोजित गर्दै आएको बजेट अपुग भनेर थप बजेटको लागि वडामा माग गरेअनुसार रकम प्रदान गरिएको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ । महानगरपालिका संस्कृति, पर्यटन तथा उद्योग समितिले सो नाचको लागि यस वर्ष ६ लाख रुपैयाँ विनियोजित गरेको थियो ।यसका अतिरिक्त विभिन्न श्रद्धालु दाताहरुलाई पनि यथोचित सहयोग गर्न आग्रह गर्दै आएको छ ।

Comments