मध्यपुरमा शान्ति पदयात्रा !


असोज ६, २०८२, सोमबार | विहान ०७:३७ बजे | 180


मध्यपुरमा शान्ति पदयात्रा !

विश्व शान्ति दिवस २०२५ काे अवसरमा मध्यपुर स्काउटले एक महिने लामाे "समुदाय शान्ति नगर स्काउट अभियान" घाेषणा गरेकाे छ । साेही अभियान अन्तर्गत चरणवद्ध कार्यक्रमकाे दाैरानमा पहिलाे चरण अन्तर्गत अाज शान्ति पदयात्रा सम्पन्न गरेकाे छ । प्रमुख स्काउट एवम् मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्री बिजयकृष्ण श्रेष्ठले रिवन काटी उद्घाटन गर्नु भएकाे अाजकाे पदयात्रा वडा नं. ४ का मुख्य-मुख्य स्थानहरूकाे परिक्रमा गरेकाे छ । ALT श्री सुराेज श्रेष्ठकाे संयाेजकत्वमा सञ्चालित पदयात्रामा स्थानीय अायुक्त श्री तुल्सीहरि प्रजापतिले स्वागत मन्तव्य राखी अभियानकाे अाचित्यबारे प्रष्ट बिचार राख्नुभयाे । जेन जि अान्दाेलन पश्चात् सिर्जित विषम परिस्थितिबाट त्रसित तथा ग्रसित मनहरूलाई सान्त्वना दिने पवित्र उद्देश्य अंगालेकाे उक्त पदयात्रामा १२ बुँदे अपिलसहितकाे पर्चा बितरण, प्ले-कार्ड प्रदर्शन, जनचेतनामूलक माईकिङ्ग अादि कृयाकलापहरू समावेश गरेका थिए । LT भुवनचरण श्रेष्ठ, ALT हरिबहादुर श्रेष्ठ तथा ALT दिलकृष्ण प्रजापति जस्ता मध्यपुर स्काउटका धराेहरहरू लगायतकाे उपस्थिति रहेकाे उक्त पदयात्रामा ६५ जना स्काउट माष्टर, राेभर-रेञ्जर तथा स्काउटहरूकाे सहभागिता रहेकाे थियाे । पदयात्राकाे समापन गर्नुहुँदै विशेष अतिथि वडा नं. ४ का अादरणीय वडाध्यक्ष श्री बालकृष्ण पात्या श्रेष्ठले समय सान्दर्भिक कार्यक्रम अायाेजना गरी जनमानसमा व्याप्त डर र त्रास हटाई सचेतीकरण गरेकाेमा मध्यपुर स्काउटलाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै वडाकाे शान्ति-सुरक्षाकाे लागि वडाले सञ्चालन गरेका बिबिध कार्यक्रमहरूबारे पनि जानकारी प्रदान गर्नुभयाे । पदयात्राकाे मुल नारा "सचेत रहाैँ, सुरक्षित रहाैँ ।" रहेकाे छ ।

Comments