विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाए


असोज ५, २०८२, आइतबार | राति ०८:५४ बजे | 140


विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाए

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको बताए ।

उनका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

यसअघि केपी ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

Comments