रातो किताबको ज्ञान विनाको संघर्ष


असोज ३, २०८२, शुक्रबार | राति ०८:५८ बजे | 105


रातो किताबको ज्ञान विनाको संघर्ष

विद्रोही आर.के. 
भ्रष्टाचार विरुद्धको झण्डा फहरियो,
नयाँ स्वर आकाशमुनि धन्कियो ।
बालिकाहरुको अस्थिर खुट्टा लम्कियो,
सामाजिक सञ्जालको धडक्कन सडकमा पोखियो ।

मेम्सः–गैर–आनुवंशिक माध्यमबाट 
संस्कृति हस्तातरण गर्छ ।
हाय्सटागः–सामाजिक सञ्जाल प्लेटफर्महरू 
सामग्री वर्गीकरण पत्ता लगाउँछ ।

मेम्समा बोल्छ, तिक्ष्ण बुद्धि ह्यासटागसम्म 
तर मुटु पड्किन्छ पुरातन श्राद्ध सोचेर ।
उच्च हिम शिखरदेखि पहाडी नदिनालासम्म
तिनिहरु पूर्खाको अधुरा सपना बोकेर ।

हातमा फोन, अनिदोँ आँखा विरुद्ध
तिनिहरुको प्रश्न हस्तक्षेप किन ?
भ्रष्टाचार, शान्त, डर विरुद्ध
रंगाउँछ भविष्यलाई किन ?

कोहि होहल्ला गरेर, कोहि धमण्ड गरेर,
कोहि अनलाईनमा लडछ, कोहि व्यस्त ।
छैन एक्लै उठाईको नारा भित्र तिनीहरु
शक्तिशाली अवाज, आगजनी र ध्वस्त ।

न्यायको सपना देख्छ, जनआक्रोशमा,
देशको सबै आशाहरु पुरा गर्न ।
तर बाटो बाङ्गातिङ्गो हिड्नु छ काँडामा 
बालहठले देश भताभुङ्ग र आगजनी गर्न ।

मुसा मार्न गएकोे बाघ मरेछ
न बोक्न सक्यो, न खान मिल्छ ।
रातो किताबको ज्ञान विनाको संघर्ष
न टिक्छ, न बन्छ र बलिदानमा टुगिन्छ ।

केटाकेटी आए गुलेली खेलाए
मट्याङ्ग्राको सत्यानाश ।
भ्रष्टाचार विरुद्धको विरोध कार्यक्रम
देशमा अर्वौं धनजनको नाश ।
धन्यवाद !


 

Comments