सकियो बन डढेलो (प्रतिकार्या) नियन्त्रण तालिम 


असोज २, २०८२, बिहीबार | साँझ ०६:४८ बजे | 16365


सकियो बन डढेलो (प्रतिकार्या) नियन्त्रण तालिम 

सिन्धुपाल्चोक । फरेस्ट एक्सन नेपालको आयोजनामा सिन्धुपाल्चोक जिल्ला चौतारा साङाचोकगढी नगरपालिका वडा नम्बर –७ बाजेकपासे वडा नम्बर –१३ को भेडिगोठ सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारीहरु र उपभोक्ताहरुको उपस्थितिमा बागमती प्रदेश बन तथा बाताबरण मन्त्रालयका अधिकृत गगन सर्मा, सामुदायिक बन उपभोक्ता माहासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक एबम डिभिजन बन कार्यलय सिन्धुपाल्चोकबाट परिचालित हरित स्वयंसेवक सम्योजक शारदा प्रसाद चालिसे, फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मदन बत्स्याल, फरेस्ट एक्सन नेपालका रिसर्चर आयुष गौतम, सब डिभिजन बन कार्यलय सिन्धुपाल्चोकका रेन्जर किरण चौधरी, चौतारा नगरपालिका बन बाताबरण बिभागका प्रमुख चिरञ्जीवी कट्टेल, बन क्लस्टरका रेन्जर रामसरण बि क लगायतको उपस्थितिमा बन डढेलो ( प्रतिकार्या) नियन्त्रण तालिम सम्पन्न भएको छ । 
प्रशिक्षण कार्यक्रमका प्रशिक्षक गगन शर्माले नेपालको बिशिस्ट अवस्था, बन डढेलोको प्रकार, लाग्नुको कारण, अग्नि त्रिभुज, नियन्त्रणका चरण र उपायहरुको सैद्धान्तिक बिषयबस्तुहरुको बारेमा तालिम दिनु भएको थियो भने फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मदन बत्स्यालले अग्नि नियन्त्रण प्रतिकार्य स्वस्थ सुरक्षा सम्बन्धीको प्रशिक्षण दिनुभएको थियो । फिल्ड अभ्यास, प्राक्टिकल र औजार सेफ्टी, अग्नि रेखा सम्बन्धी प्रशिक्षण शारदा प्रसाद चालिसेले भेडिगोठ सामुदायिक बन समुह र बाजे कपासे सामुदायिक बन समुह प्राक्टिकल तालिम गराउनु भएको हो । सहभागीहरुले यो तालिमबाट सीप र ज्ञान पाएकोमा खुसी व्यक्त गर्दै आयोजक फरेस्ट एक्सन नेपाल र प्रशिक्षकहरुलाई धन्यवाद दिनुभएको छ । 

Comments