‘ङातापोललाई बमले ध्वस्त गर्ने तयारी गर्दै थियो’


असोज २, २०८२, बिहीबार | साँझ ०५:३९ बजे | 3015


‘ङातापोललाई बमले ध्वस्त गर्ने तयारी गर्दै थियो’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिर (ङातापोल)लाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा बमले ध्वस्त पार्ने योजना भएको जानकारी गराएका छन् । भक्तपुरमा विहीबार भएको एउटा कार्यक्रममा उनले पूर्व सूचना पाएपछि त्यो काम हुन नपाएको बताए । 
कुनै आन्दोलन वा अरु कुनै वहानामा ऐतिहासिक सम्पदामाथि क्षति पुरयाउने योजना राख्नु कुनै हिसावले उपयुक्त नभएको उनले बताए । घुसपैठका मानिसहरुबाटै यो हुनसक्ने उनको अनुमान थियो । 
सम्वोधन सकिने वितिकै उनले यस विषयमा छोटो जानकारी गराएका थिए । कार्यक्रममा उनले अन्य विषयहरुमा भने लामो बोलेका थिए । 
 

Comments