मेरो अभिलाषा
असोज २, २०८२, बिहीबार | विहान ११:५३ बजे | 135
डा इन्दुल केसी
ए ! जीवनभर सत्तोसराप्नेहरु हो,
निस्वार्थसेवा गरेको नदेख्ने रतन्धोहरु हो !
देहवसानपछि लोकाचारको लागि किन श्रद्धाञ्जली ?
मन–मनै खिटी–खिटी हाँसेर, नझार तिमीहरु गोहीको आँसु ।
जीवभर मैले गरेका सेवाहरु निस्वार्थ थियो
फलको आश त्यागेर मैले गरेको सुकर्म नै थियो
तैपनि सबैलाई मेरो हृदय देखि शुभकामना
नदेखाऊ है मलाईm तिमीे गोहीको व्यर्थ ऐना ।
मरेर जाने यो नर देह हाम्रो
व्यवहारमा नबन कहिल्यौ चाम्रो
इन्दुल नामको म त एक यात्री
ढोगेर देशको माटो पुकार्छु मातृ ।।
००० २०८२÷६÷२ गते
