अन्तरधार्मिक सञ्जालले दियो जेनजी शहीदहरुप्रति श्रद्धाञ्जलि
असोज १, २०८२, बुधबार | साँझ ०६:४९ बजे | 90
काठमाडौं । राष्टिय अन्तरधार्मिक सञ्जाल (निरन नेपाल) ले जेनजी आन्दोलनको क्रममा शहीद भएका शहीदहरुको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जलि सभा गरेको छ । जेनजी आन्दोलनको क्रममा शहीद भएकाहरुको सम्झनामा ललितपुरको होटल हिमालयमा मैनबती बालेर श्रद्धाञ्जलि अपर्ण गरिएको हो ।
जेनजी आन्दोलनको क्रममा देशभरिबाट हालसम्म ७२ जना शहीदहरु भएको सकरारी तथ्यांक छ । श्रञ्दाञ्जलि सभामा विभिन्न १० धर्मसँंग सम्वन्धित धर्मावलम्वीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न धर्मका धर्मावलम्वीहरुले आआफनो शैलिमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रममा अव मुलुक जेनजी आन्दोलनकारीहरुको चाहना अनुरुप अगाडि वढाउनुपर्नेमा जोड दिइयो । यसो नभए फेरि अर्काे आन्दोलन हुने चेतावनीसमेत उनीहरुले दिएका थिए ।
कार्यक्रममा क्रममा आयोजक संस्थाको आफनो पाँंचदसवर्षे रणनीतिहरु पनि सार्वजनिक गरिएको थियो । साथै राउण्ड टेवल छलफल पनि गरिएको थियो ।
