नेकपा एमाले भक्तपुरमा भूकम्प !
भदौ ३१, २०८२, मङ्गलबार | राति १०:०३ बजे | 260
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका भक्तपुर जिल्लाका विद्यार्थी संगठनहरुका नेताहरुले संयुक्त रुपमा राजीनामा दिएका छन् । जेनजी आन्दोलनको क्रममा माउ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दमन गरेको भन्दै विरोधमा उनीहरुले राजीनामा दिएका बताएका छन् ।
संयुक्त राजीनामा दिने विद्यार्थी संगठन र त्यसका अध्यक्षहरु
सूर्यविनायक नगरपालिका अध्यक्ष – एलिसा कार्की
चाँगुनारायण नगरपालिका संयोजक – रोजन खड्का
मध्यपुर थिमि नगरपालिका संयोजक – रोशन कुँवर
भक्तपुर नगरपालिका संयोजक – रोजिना गोठे
भक्तपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष – विक्रम थापा
र संयोजक – निराजन थापा
द्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेको छन् ।
