सुरज प्याकुरेलः आर्थिक पत्रकारितामा अब्बल नाम
भदौ ३१, २०८२, मङ्गलबार | विहान १०:३२ बजे | 150
रचना बयलकोटी
नेपाली पत्रकारिता क्षेत्रका एक मेहनती, लगनशील र प्रेरणादायी पात्रका रूपमा परिचित छन् सुरज प्याकुरेल। पत्रकारितालाई केवल पेशा होइन, सामाजिक उत्तरदायित्वका रूपमा बुझ्ने र त्यसलाई व्यवहारमा उतार्न सफल एक समर्पित व्यक्तित्वका रूपमा उनले आफ्नो पहिचान बनाएका छन्।
रामशरण प्याकुरेल र चण्डिका ग्याकुरेलका माइला छोरा ३४ वर्षीय सुरज प्याकुरेलको जन्मथलो काभ्रेपलाञ्चोक हो भने हाल उनी काठमाडौंको कोटेश्वरमा स्थायी बासिन्दाका रुपमा बसोबास गर्दै आएका छन् । अध्ययनमा सशक्त उनीले पत्रकारितामा स्नातकोत्तर ९ःबकतभचक ष्ल व्यगचलबष्किm बलम ःबकक ऋयmmगलष्अबतष्यल० र कानूनमा स्नातक ९ीीद्य० तह उत्तीर्ण गरेका छन्। शैक्षिक योग्यता र व्यावसायिक दक्षता दुबैलाई सँगसँगै अघि बढाउँदै उनले पत्रकारिता क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बटुली सकेका छन् । ।
उनको पत्रकारिता यात्राको सुरुवात देशप्रेम साप्ताहिकबाट भएको हो । त्यसपछि उनी क्रमशः रातोपाटी, जनआव्हान साप्ताहिक जस्ता सशक्त मिडिया हाउसहरूसँग आबद्ध भए । सन् २०१२ देखि २०१४ सम्म उनले सगरमाथा टेलिभिजनमा काम गरे भने सन् २०१४ देखि २०१६ सम्म न्यूज २४ टेलिभिजनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै उनले रिपोर्टिङ, सम्पादन, अन्तर्वार्ता संचालन र विभिन्न विश्लेषणात्मक कार्यक्रमहरू निर्माणमा योगदान दिएका छन् ।
उनीसँग अनलाइन, प्रिन्ट, टेलिभिजन, मिडियामा काम गरेको व्यापक अनुभव छ । सञ्चार माध्यमका विविध विधा र संयोजनमा दक्षताका साथ काम गर्न सक्ने क्षमता राख्ने उनी पत्रकारिताका बहुआयामिक पक्षहरूमा पकड जमाउन सफल भएका छन्।
हाल सुरज प्याकुरेल अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन् । यो अनलाइन आर्थिक मिडिया पोर्टल उनले आफैं स्थापना गरेका हुन् । आर्थिक क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो पोटल आज देशको एक प्रमुख डिजिटल समाचार माध्यमको रूपमा स्थापित भइसकेका छ । सामाजिक सञ्जालमा यसले १० लाखभन्दा बढी फलोअर्स जुटाएको छ, जुन कुनै पनि नेपाली आर्थिक अनलाइन मिडियाका लागि उल्लेखनीय उपलब्धि हो।
उनले स्थापना गरेको शुभम मिडिया प्रा.लि. का पनि उनी प्रबन्ध निर्देशक हुन्। उनी आर्थिक पत्रकारिता क्षेत्रमा उदाहरणीय छविका साथ अगाडि बढेका छन्। चार्टड एकाउन्टेन्ट क्षेत्रलाई जनमानससम्म पु¥याउनका लागि उनले विशेष पहल गरेका छन्। यसै कार्यका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघले उनलाई २०१४ र २०१६ मा सम्मानित गरेको थियो । सन् २०१९ मा उनलाई “सीए पत्रकारिता सम्मान“ प्रदान गरिएको थियो, जसले उनको विशेष योगदानलाई संस्थागत मान्यता दिएको छ ।
सुरज प्याकुरेल खोजमूलक पत्रकारितामा विशेष रुचि राख्छन्। उनी भन्छन्, “म पत्रकारिता कसैबाट प्रेरित भएर आएको होइन, तर मैले महसुस गरेँ—समाजमा वित्तीय साक्षरता अत्यावश्यक छ । आर्थिक समाचारले पनि समाजमा प्रभाव पार्न सक्छ भन्ने बुझाउन चाहन्थें।”
उनी पत्रकारितालाई सामाजिक परिवर्तनको औजारका रूपमा बुझ्छन् । प्रमाण, तथ्य र निष्पक्षतामा आधारित रिपोर्टिङमा उनको गहिरो विश्वास छ । उनी आफूजस्ता नयाँ पत्रकारलाई तालिम दिनु, उनीहरूलाई सही मार्गदर्शन गर्नु र व्यावसायिक क्षमतामा विकास गर्न सघाउनु आफ्नै दायित्व ठान्छन्। अहिले पनि उनले अनेकौं पत्रकारलाई आर्थिक पत्रकारितासम्बन्धी तालिम दिइरहेका छन्।
उनी भन्छन्, “पत्रकारितामा सबैभन्दा गाह्रो क्षण त्यतिबेला लाग्छ, जब सत्य थाहा हुँदाहुँदै पनि प्रमाण नपुयाउँदा लेख्न नसकिने अवस्था आउँछ । त्यस्तो क्षण अत्यन्त पीडादायी हुन्छ।“ तर त्यही समयमा उनी यस पेसाबाट प्राप्त सन्तोष पनि खुलेर स्वीकार गर्छन् । “जब मैले लेखेको समाचार वा विश्लेषणले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ, त्यो बेला म आफैलाई सार्थक महशुस गर्छु । आफुले गरेको मेहिनत खेर गएन भन्ने लाग्छ ।”
अहिलेका धेरै युवा पत्रकारहरू पत्रकारितालाई छोटो बाटोबाट नाम र पैसा कमाउने माध्यम ठान्छन्। तर प्याकुरेल फरक सोच राख्छन् । उनी भन्छन्, “मैले सुरुमा पैसाको लागि पत्रकारिता गरेको होइन। तर अहिले म पत्रकारिताबाटै आफुलाई पुग्ने आम्दानी गरिरहेको छु। मेहनत गरेपछि पत्रकारितामा पैसा पनि पाइन्छ, इज्जत पनि । सुरुसुरुमा कडा मेहिनेत चाहिँ गर्नुपर्छ । तलब नै नपाएर पनि मैले कति मिडियामा काम गरेको छु । अहिले सम्झिदाँ कहाली लाग्छ ।”
उनले नयाँ पुस्ताका पत्रकारलाई लेखनको अभ्यास गर्न, नेपाली र अङ्ग्रेजी भाषामा समान दक्षता हासिल गर्न र डिजिटल युगसँग मेल खाने सीपहरू—जस्तै भिडियो सम्पादन, ग्राफिक्स, फोटोग्राफी, पोडकास्टिङ, र सामाजिक सञ्जाल व्यवस्थापन— सिक्न सल्लाह दिन्छन्। उनले स्पष्ट भनाइ राख्छन,“पत्रकारिता सजिलो पेशा होइन, तर यो पेशामा जो समर्पित हुन्छ, उसले सम्मान, आत्मसन्तोष र आम्दानी तीनवट हासिल गर्न सक्छ ।”
सुरज प्याकुरेलले आर्थिक पत्रकारिता क्षेत्रलाई गहिराइमा लिएर जाने कार्य गरेका छन्। उनले देखाएको लगनशीलता, सत्यतर्फको आग्रह र समाजप्रति उत्तरदायित्वबोध आजका पत्रकारहरूका लागि एक आदर्श बन्नसक्छ । उनी केवल एक पत्रकार मात्र होइनन्, पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्ध व्यक्तित्व हुन्। उनका अनुभव, दृष्टिकोण र समर्पण भावले भविष्यका पत्रकारहरूलाई मार्गदर्शन गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।
त्यसैले उनी नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिछन्, “साँचो मनले, लगनशील र ढ्रढताका साथ पत्रकारितामा लाग्नुस्, तपाईंले खोजेको पैसा, सम्मान र सन्तोष सबै प्राप्त हुनेछ । तर सत्यमा अडिग हुनु पत्रकारको धर्म हो ।
