विद्यार्थीहरुको शिक्षाको मापन व्यवहारिक शिक्षाले गर्नुपर्ने


भदौ ३१, २०८२, मङ्गलबार | विहान १०:१६ बजे | 230


विद्यार्थीहरुको शिक्षाको मापन व्यवहारिक शिक्षाले गर्नुपर्ने

भक्तपुर, । ४५औं नेपालभाषा साहित्य तःमुंज्या तथा सा“स्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा विद्यार्थी भेला नेपाल मजदुर किसान पार्टीका सदस्य एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि गोसाईले विद्यार्थीहरु खुल्ला रुपमा आयोजित विभिन्न सामाजिक गतिविधि तथा कार्यक्रममा सहभागी हुनुपर्ने बताउनु भयो । हामीले सामाजिक रुपमा घुलमिल भई अरुको क्षमताको कदर गर्दै आफुलाई सक्षमतातर्फ अगाडी बढाउनु पर्ने बताउनु भयो । तसर्थ सबै विद्यार्थीहरु स्पोर्टम्यानसिपका साथै मेन्टली, फिजिकली र मोरली बलियो भै अनुशासित समेत हुनुपर्ने अन्यथा पढाईमात्रले व्यक्तित्व विकास नहुने औल्याउनु भयो ।
हामीले व्यक्तिपरक भन्दापनि समाजपरक भएर सोच्नुपर्ने त्यसको लागि समाजको कक्षा सांस्कृतिक, राजनीतिक आदिमा सहभागी हुनुपर्ने औल्याउनु भयो । 
नार्सिष्टिक रोगबाट ग्रसित नेतृत्व तह जसले आफूलाई मात्र राम्रो क्षमतावान र सहि भन्नु देश यो दुर्घटनाबाट गुज्रिएको बताउनु भयो । शिक्षालाई व्यवहारमा उतारी व्यवहारमा आएको समस्यालाई शिक्षण प्रणालीबाट निराकरण गर्नुपर्ने बतायो । शिक्षालाई ३ घण्टाको परीक्षाले मापन गर्न नसक्ने भएकोले हामीले ज्ञानको दायरा सिमित गर्न नहुने भन्नुभयो । तसर्थ ज्ञानको दायरा बढाउने काम तःमुंज्याको कार्यक्रमले गर्ने हु“दा यो एउटा ठुलो अवसर पनि हो । 
चीनमा स्क्रिन टाईमबाट ग्रीन टाईम सिद्धान्त आएको जसले हामी समाज विकासको लागि केहि न केहि काम अनिवार्य रुपमा गर्नुपर्ने बताउनु भयो । जुनसुकै राजनीतिक गतिविधिमा मृत्यु भएको मानिसलाई शहिद घोषणाले वास्तविक शहिद ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 
नेमकिपा मास हिस्टेरियाबाट मुक्त पार्टी भएकोले समाजमा विकसित घटनाहरुको मिहिन अध्ययन गरी त्यसको निचोड निकाल्दै आएको बताउनु भयो । देशको आमूल परिवर्तनको लागि नेमकिपाले स्थापनाकालदेखि आन्दोलनको विभिन्न शृङ्खलाहरु पार गर्दै आएको स्मरण गर्नुभयो । 
उद्देश्य, लक्ष्य, सिद्धान्तहिन र नेतृत्व विहिन आन्दोलन बलिदानमा मात्र तुड्डिने बताउंदै छोटो समयको आन्दोलनले कुनै तात्विक परिवर्तन नहुने औल्याउनु भयो । नेमकिपा संसदमा प्रतिनिधित्व गर्दा देखि नै भ्रष्टाचार विरुद्ध सदन र सडकमा आवाज उठाउंदै आएको कुरा राख्दै हरेक बर्ष भ्रष्टाचार विरोधी आन्दोलनबारे चर्चा गर्नुभयो । 
एउटा सियो समेत नबने देशमा एकै दिनको निमेशमा हजारौ हजार आयातित सवारीसाधन तथा भौतिक संरचना जलाउनु जनताको स्तर मापन भएको बताउनु भयो । भक्तपुर विभिन्न कालखण्डमा एक सफल तथा एतिहासिक पुस्तकालयहरु भएको स्मरण गर्दै विभिन्न समयमा भएको आक्रमणमा हप्तौसम्म किताबहरु जल्दा ठुलो क्षति व्यहोरेको बताउनु भयो । हाम्रो देशको मुख्य डाटा सेन्टरको रुपमा रहेको सिंहदरवार जलाउनुले हामी जनता नै बुद्धि र मतिभ्रष्ट भै विदेशीबाट नियन्त्रित हु“दै गएको आशंका व्यक्त गर्नु भयो । 
४५औं नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा कार्यक्रमका सभापति रविन्द्र खर्बुजाले सम्पूर्ण टोल तथा वडाबासीहरुमा कार्यक्रम सफलपार्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि अपिल गर्दै विद्यार्थीहरुबाट सांस्कृतिक तथा साहित्यिक गतिविधिहरु हुने अपेक्षा गर्नुभयो । नेमकिपाले भ्रष्टाचार विरोधी अभियान २०२२ सालदेखि नै बर्षेनी चलाउदै आएको र अध्यक्ष नारायणमान बिजुक्छें रोहितले तात्कालिन समयमा खुल्लामञ्चमा सबै नेताहरुलाई बेइमान गर्ने ठाउ“ नपाएर मात्र इमान्दार भइरहेको आक्षेप लगाएको स्मरण गर्नुभयो । असल विद्यार्थी तथा सन्तानले आफ्नो बाहिरी गतिविधिहरुको जानकारी परिवारलाई दिने र छलफल गरी अगाडी बढाउनु पर्ने बताउनु भयो । तःमुंज्या खुल्ला विश्वविद्यालय भएकोले सम्पूर्ण विद्यार्थीहरुले लाभांवित हुन अपिल गर्नुभयो । 
नेपाल क्रान्तिकारी विद्यार्थी संघका भक्तपुर जिल्ला समितिका सचिव सुजी ह्योड्डजुले नेक्राविसंघ नेमकिपाको वर्गीय संगठन भएकोले देशभक्त र भ्रष्टाचार विरुद्ध संघर्षरत रहेको बताउनु भयो । जेन जि समुहले छोटो समयमा निश्चित उमेर समुहका जनताको सहभागीतामा आन्दोलन गरेपनि कुनै सैद्धान्तिक एवं राजनीतिक ज्ञान नहुदा बलिदानीमा तुड्डिने बताउनु भयो । तसर्थ क्षणिक रहरको क्रान्तिले तात्विक असर नहुने भएकोले क्रान्तिको वातावरण तयार गर्न विद्यालयस्तरमै असल राजनीतिक कक्षाहरु संचालन गर्नुपर्ने बताउनु भयो ।
ग्वसाखलका सचिव राजन जतिले तःमुंज्या सफल पार्न हालसम्म गरेका विभिन्न गतिविधिहरुबारे जानकारी दिनुभएको कार्यक्रममा सदस्य अजेन्द्र कुमार लघु, रमा मातां र रेजा जतिले पनि बोल्नु भएको थियो ।
 

Comments