अर्थमन्त्रीमा खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमा कुलमान र कानुन तथा गृहमन्त्रीमा अर्याल


भदौ २९, २०८२, आइतबार | राति ०९:५५ बजे | 230


अर्थमन्त्रीमा खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमा कुलमान र कानुन तथा गृहमन्त्रीमा अर्याल

जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञ सामेल गराउने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको नाम टुंगो लगाएकी हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ।

उनहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

Comments