प्रहरी बृत जगाती बनाउन उपभोक्ता समिति गठन


भदौ २९, २०८२, आइतबार | राति ०७:४० बजे | 915


प्रहरी बृत जगाती बनाउन उपभोक्ता समिति गठन

भक्तपुर । प्रहरी बृत जगाती भक्तपुरको ध्वस्त संरचना बनाउन सहयोग संकलन गर्ने उद्देश्यले आइतबार उपभोक्ता समिति गठन गरिएको छ । प्रहरी बृत परिसरमा भएको बैठकले जगातीकै स्थानीय कृष्णराम जाकिबञ्चारको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो ।  
समितिको उपाध्यक्षमा केशब कवां, सचिवमा गोविन्द कार्की र कोषाध्यक्षमा राकेश थापा रहेका छन् । यस्तै सदस्यहरुमा जीवन कवां, अमृत घिसिंग र रविकृष्ण श्रेष्ठ रहेका छन् । 
सहयोग गर्न चाहनेहरुले उनीहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । संकलित सहयोग रकम जम्मा गर्न अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्ने निर्णय पनि गरिएको छ ।  
जेनजी आन्दोलनको क्रममा महानगरीय प्रहरी बृत जगाती भक्तपुर पनि जलेको थियो । यही कारण यहाँंको मेच, टेबलविहीन भएको थियो ।
 

Comments