कौशलटारमा दीप प्रज्वलन: जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली
भदौ २८, २०८२, शनिबार | साँझ ०६:५३ बजे | 230
काठमाडौं, कौशलटार – जेन जेड आन्दोलनको क्रममा ज्यान गुमाएका ५१ जना प्रति श्रद्धाञ्जली अर्पण गर्न आज कौशलटारमा युवाहरूले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा १ मिनेटको मौन धारण गरिएको थियो भने राष्ट्रिय गानसमेत गाइयो। सहभागीहरूले दीप प्रज्वलन गर्दै शहीदहरूको बलिदानलाई व्यर्थ जान नदिने प्रतिबद्धता जनाएका थिए।
सामाजिक न्याय र लोकतान्त्रिक अधिकारका माग गर्दै चलेको आन्दोलनमा ज्यान गुमाएका युवापुस्ताप्रति सम्मान प्रकट गर्न स्थानीय समुदाय, सामाजिक अभियन्ता र विभिन्न युवा समूहको उल्लेखनीय सहभागिता देखिएको थियो।
युवाहरूले देशमा समानता, स्वतन्त्रता र संवैधानिक मूल्यलाई बलियो बनाउन निरन्तर आवाज उठाउने प्रतिज्ञा पनि गरेका छन्।
