भक्तपुर पत्रकार महासंघद्धारा पत्रकारको पीडामा विज्ञप्ति
भदौ २८, २०८२, शनिबार | साँझ ०६:३५ बजे | 555
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरले जिल्लाका दुईजना पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ । महासंघका जिल्ला सचिव दीपक ढुंगानाले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी समाचार संकलनको क्रममा भक्तपुरको सूर्यविनायकमा भादगाउँं टेलिभिजनका पत्रकार तुल्सीकुमार त्वायनामाथि कुटपिट भएको भन्दै दुःख व्यक्त गरेको हो ।
भिडियो खिच्दै गर्दा पत्रकार त्वायनामाथि आन्दोलनकारीहरुले कुटपिट गरेका थिए । त्यसबाट उनी घाइतेसमेत भएका थिए । साथै नागरिक दैनिकका पत्रकार कृष्ण किसीमाथि दुव्यवहार भएको थियो । उनलाई सुरक्षामा खटिएका नेपाली सेनाले दुव्र्यवहार गरेको जनाइएको छ । यी दुवै घटनाहरु प्रेस स्वतन्त्रताको हनन भएको ठहर महासंघले गरेको छ ।
पत्रकार महासंघको निर्वाचन सकेर नयाँं कार्यसमिति निर्वाचित भएपछि सचिवद्धारा प्रशित यो पहिलो प्रेस विज्ञप्ति हो । यसअघि महासंघका अध्यक्ष सुन्दर शिल्पकार आफैंले विज्ञप्ति प्रकाशित गर्दै आएका थिए । उनले यो वीचमा झण्डै एक दर्जन विज्ञप्ति समयसमयमा प्रशित गरिसकेका छन् । यसअघि निवर्तमान अध्यक्ष जगत प्रजापतिलगायतका चार वटा पत्रकारसँंग सम्वन्धित जिल्ला संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेका थिए ।
जिल्ला महासंघको पछिल्लो निर्वाचनमा अध्यक्ष र सचिव दुई छुटाछुटै पार्टीको प्यानलबाट निर्वाचित भएका थिए । त्यो बेला दुईवटा प्यानलवीच प्रतिस्पर्धा चलेको थियो । दुवै प्यानलबाट मिश्रित परिणाम निक्लेको थियो । अध्यक्षमा जगत प्रजापति र शुन्दर शिल्पकार दुई वटा प्यानलवीच प्रतिस्पर्धा चलेको थियो ।
