बाल दिवसको अवसरमा नासमनाको चर्चमा कार्यक्रम
भदौ २८, २०८२, शनिबार | साँझ ०५:०१ बजे | 450
भक्तपुर । बाल दिवसको अवसरमा भक्तपुरको नासमनास्थित चौतारी कम्युनिटी चर्चमा शनिबार कार्यक्रम भएको छ । कार्यक्रमको क्रममा ससाना नानीबाबुहरुले आआफनो क्षमता प्रदर्शन गरेका थिए । उनीहरुले गीत, नृत्यलगायतका आआफूसँंग भएको क्षमता प्रदर्शन गरेका थिए ।
कार्यक्रमको क्रममा पुरस्कारसमेत व्यवस्था गरेको चर्चका पाष्टर रिचन कर्माचार्यले जनाए । वर्षभरिका विभिन्न विधाहरुमा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेको उनले जनाए । कार्यमक्रको सञ्चालन चर्चकी बेलिना श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रम झण्डै एक घण्टा चलेको थियो । कार्यक्रममा बालबालिकाहरुका साथै उनका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक, चाँंगुनारायणलगायतका विभिन्न क्षेत्रका मानिसहरुको कार्यक्रममा उपस्थिति रहेको जनाइयो ।
बालबालिकाहरुको कार्यक्रम भए पनि कार्यक्रममा स्थानीय केशब कर्माचार्य, डा इन्दुल केसीलगायतको पनि उपस्थिति रहेको थियो ।
.jpg)