४५ औ नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न भेला तथा बैठक सम्पन्न


भदौ २८, २०८२, शनिबार | विहान ०७:३१ बजे | 225


४५ औ नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न भेला तथा बैठक सम्पन्न

भक्तपुर । ४५ औं नेपाल भाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजना तयारीबारे बैठक र छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका  केन्द्रिय सदस्य सुरेन्द्र राज गोसाइले नेपाल मजदुर किसान पार्टीले जहासम्म सघर्ष गर्न सक्छ देश र जनताको  निस्वार्थरुपले सेवा गर्ने बताउनुभयो । देशमा भ्रष्टाचार  र राष्टियता कमजोर हुनु र बर्तमान अवस्था आउनुमा नेपाली काँगे्रस  एमाले र माओवादीको दोष हो, उहाँंले भन्नुभयो । 
विद्यार्थीहरुलाई राजनैतिक र सैद्धान्तिक प्रशिक्षण नदिंदा बर्तमान अवस्था आएको र शिक्षकहरुले पाठ्यक्रम बाहेक राजनैतिक चेतना दिनुपर्छ । बर्तमान सन्दर्भमा नेमकिपाको लाइन ठिक छ ।  काग्रेस र एमालेले  राज्यलाई गर्नपर्ने काम नगर्ने र भ्रटाचार राष्ट्रघाटका कारण जेन्जी आन्दोलनमा सरकारले आत्मसमर्पाण गर्न बाध्य भएको थियो । नेमकिपाले सदैब  प्रजातन्त्रमा पहिलो  र दोश्रो पार्टी सैद्धान्तिक रुपमा  मिलेर सरकार चलाउनु हुदैन । युद्धमा बाहेक पहिलो र दोश्रो पार्टी मिलेर सरकार बनाइदैन भन्नेको बताउनुभयो ।
नेपालमा  जन आन्दोलन हुँदा भारत सरकारको  दुइ वटा स्वार्थ हुन्छ  एक नदि र सिमाना  कब्जा  गर्ने  दोश्रो  नेपालमा गोलमाल भए पछि  बन्ने सरकार आफ्नो तर्फ  धाल्ने  । हुननी २०४६ सालको आन्दोलन मा लक्ष्यमणपुर बाँध बनाए ।
जेन्जी आन्दोलनमा  सिंहदरवार र सर्वोच्च अदालत  जल्नु भारतको इच्छानुसार सन्धि सम्झौताका कागज ध्वस्त पार्नु हो । सर्वोच्च र अख्तियारमा  आगो लगाउनु नेपालमा हुने  ठुला ठुला काण्डका छानविन नगराउनु हो भन्नुभयो ।
 उहाँले सिंहदरबार  र  अन्तराष्ट्रिय सम्मेलन केन्द्र र अदालत जल्नुका  फाइदा भारतलाइ जान्छ । अमेरिकाले बनाएका भवनमा क्षति नभएकोले चीनलाई पनि चुनौटी दिएको हो भन्नुभयो । पैतालिसौ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष रविन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष  हरिप्रसाद बासुकलाले जेन्जीको  आन्दोलनले सार्वजनिक सम्पतिमा क्षति पुगेको छ । विगतका सरकारले भ्रष्टाचारमा डुबेको र मजदुर किसानका लागि उल्ेखनीय कार्य गर्न नसकेको बताउनु भयो । कार्यक्रममा ४५आंै नेपाल भाषा साहित्य तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातां र सचिव राजन जतिले ४५ औं तःमुज्याको तयारीबारे जानकारी दिनुभएको थियो । ।

Comments