पत्रकार पिटेपछि भक्तपुरका चार पत्रकार संघको आपति
भदौ २७, २०८२, शुक्रबार | राति १०:०१ बजे | 500
भक्तपुर । पत्रकार पिटेको भन्दै भक्तपुरका चार पत्रकारसँंग सम्वद्ध संगठनहरुले आपति जनाएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष जगत प्रजापति, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन ढुंगाना, समाजबादी प्रेस संगठन नेपाल भक्तपुरका अध्यक्ष दिनेश कार्की र स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष सुरेशप्रसाद सैंजूले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी आपति जनाएका हुन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भक्तपुरको सूर्यविनायक चोकमा भादगाउँं टेलिभिजनका पत्रकार तुल्सीकुमार त्वायनामाथि आन्दोलनकारीहरुले कुटपिट गरेका थिए । आन्दोलनको भिडियो खिच्दै गरेको त्वायनामाथि आन्दोलनकारीहरुले कुटपिट गरेका थिए । कुटपिटपछि पत्रकार त्वायना घाइते भएका थिए । साथै नागरिक दैनिकका पत्रकार कृष्ण किसीमाथि अभद्र व्यवहार भएको थियो । नेपाली सेनाले उनीमाथि अभद्र व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।
