जेन जी शहीद इन्जिनियर सुलभ राज श्रेष्ठको श्रद्धान्जली सभा सम्पन्न


भदौ २७, २०८२, शुक्रबार | राति ०९:३१ बजे | 1150


जेन जी शहीद इन्जिनियर सुलभ राज श्रेष्ठको श्रद्धान्जली सभा सम्पन्न

काठमाडौं इन्जिनियरिङ कलेज, पुरुष छात्रावासको आयोजनामा जेन जी आन्दोलनको क्रममा गत भाद्र २३ गते निधन भएका इन्जिनियर सुलभ राज श्रेष्ठको श्रद्धान्जली सभा शुक्रवार सम्पन्न भयो

श्रद्धान्जली सभामा एसोसियट प्रोफेसर . श्रीकृष्ण सुलुले काठमाडौं इन्जिनियरिङ कलेजका पूर्व विद्यार्थी स्व. श्रेष्ठ अत्यन्तै मिलनसार, मृदुभाषी, सकारात्मक सोच सहयोगी मनको धनी व्यक्तित्व भएको चर्चा गर्दै शोकको उक्त घटनाले कलेज परिवार अत्यन्त मर्माहत भएको वताउनु भयो

सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त समाज वाक स्वतन्त्रता सहितको सामाजिक संजाल जस्तो पवित्र माग राखेर शान्तिपूर्ण प्रदर्शनीमा उत्रीएका निहत्था निर्दोष विद्यार्थीको नृशंस हत्याको कलेज परिवार घोर भत्सर्ना गर्दछ भन्दै उहाँले अव वन्ने सरकारले न्याय दिनु पर्नेमा जोड दिनु भयो

स्वविप सचिव महेश सिंग्देलले स्व. श्रेष्ठसँगका विगतका अनुभवहरुवारे प्रकाश पार्दै उहाँको शहादत खेर नजाने विश्वास व्यक्त गर्नुभयो विद्यार्थीहरु रोशन ठाकुर, सौरभ तिम्सिना, जिनिसा अर्याल लगायतले स्व. श्रेष्ठले CESA को सभापति, क्रिकेट टीमको कप्तान लगायतका नेतृत्वमा रहेर योगदान दिएको चर्चा गर्नु भयो एक मिनेट मौन धारणवाट शुरु भएको श्रद्धान्जली सभामा कलेजको पुरुष छात्रावास महिला छात्रावासका विद्यार्थी तथा अन्य विद्यार्थीहरुको पनि व्यापक सहभागिता थियो आजै अन्तिम संस्कारको लागि स्व. श्रेष्ठको पार्थिव शरीर गृहनगर नेपालगंज लागिएको वुझिएको

 

Comments