भक्तपुरको जगाती र मध्यपुर थिमिका सवै कैदीवन्दी भागे


भदौ २७, २०८२, शुक्रबार | राति ०७:०७ बजे | 165


भक्तपुरको जगाती र मध्यपुर थिमिका सवै   कैदीवन्दी भागे

भक्तपुर । जेनजी आन्दोलनको क्रममा भक्तपुरको जगाती र मध्यपुर थिमिमा रहेका सवैजना कैदीवन्दी भागेका छन् । आन्दोलनको क्रममा प्रहरी बृत जगाती भक्तपुर र प्रहरी बृत मध्यपुर थिमि बाहखाबजारमा कैदमा रहेका सवै कैदीवन्दी भागेका हुन् ।
आन्दोलनको क्रममा दुवै प्रहरी बृतहरुमा आगजनी भएको थियो । यस क्रममा दुवै बृतमा रहेका सवैजना केन्दीवन्दी भागेको जिल्ला प्रशाशन कार्यालय भक्तपुरले जनाएको छ । दुवै ठाउँंमा गरेर कतिजना कैदी वन्दी थिए यकिन हुन सकेको छैन । जिल्ला प्रहरी परिसर भक्तपुर भने सुरक्षित रहेकाले त्यहाँंका कैदीवन्दी भने भाग्न पाएनन् । दुवै प्रहरी बृतहरुमा आगजनी भएपछि त्यहाँंका प्रहरी तथा सुरक्षा गाडीहरु सवै जिल्ला प्रहरीमा एकीकृत भएका थिए ।  

 

 

Comments